आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • जता पनि वीर नेपाली किन तिरस्कार हुन्छन्

जता पनि वीर नेपाली किन तिरस्कार हुन्छन्

  • सोमवार, फाल्गुन २२, २०७९
जता पनि वीर नेपाली किन तिरस्कार हुन्छन्

हाम्रै सन्तान हताहत भएका समाचार हुन्छन्,
जता पनि वीर नेपाली किन तिरस्कार हुन्छन्।

दिनौं आउछन् रातो बाकस मा फर्किएर युवा,
कतै नभएको हाम्रो देशभित्र युवा भार हुन्छन्।

ए सरकारमा बसेका सुन आवाज नागरिकको,
किन जनताहरूसँग पसुतुल्य व्यबहार हुन्छन्।

हामी जता पुगे पनि दास र रैती बनेर बाँचछौँ,
यहाँ हाम्रै देशमा समेत बिदेशी हकदार हुन्छन्।

सरकार तिमीले महिँला दिवस मनाएको वेला,
छिमेकी व्यस्याल भित्र चेलीको व्यापार हुन्छन्।

अनि भन्छौ समाजवादनै आयो नसाको तालमा,
आफ्नै जिउँदा मुर्दा सन्तानको कारोबार हुन्छन्।

चर्चामा

सम्बन्धित समाचार