बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • खेलकुद
  • यू-२० महिला एसियन कप छनोट खेल्ने नेपाली टोलीको बिदाइ

यू-२० महिला एसियन कप छनोट खेल्ने नेपाली टोलीको बिदाइ

  • आइतवार, फाल्गुन २१, २०७९
यू-२० महिला एसियन कप छनोट खेल्ने नेपाली टोलीको बिदाइ

काठमाडौं  –      एएफसी यू-२० महिला एसियन कप छनोट खेल्न जाने नेपाली टोलीलाई बिदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले आइतबार एन्फा मुख्यालयमा एक कार्यक्रम गर्दे नेपाली यू-२० महिला टोलीलाई बिदाइ गरेको छ । समूह बी मा रहेको नेपालले छनोटको खेल प्यालेस्टाइनमा खेल्नेछ । नेपाली टोली आइतबार राति त्यसतर्फ प्रस्थान गर्नेछन् ।

नेपाल रहेको समूह ‘बी’ मा आयोजक प्यालेस्टाइन र नर्दन मारियाना आइल्याण्ड छन् । छनोटका खेलहरु मार्च ८ देखि १२ सम्म हुनेछ ।

नेपालले पहिलो खेलमा मार्च ८ मा प्यालेस्टाइनविरुद्ध खेल्नेछ । नेपालले समूहको दोस्रो खेल मार्च १२ मा नर्दन मारियाना आइल्याण्डसँग खेल्नेछ । समूह विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउने छन् ।

यू-२० महिला एसिया कप छनोटमा सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेता टिम दोस्रो चरणमा प्रवेश गर्नेछन् ।

दोस्रो चरणबाट ४ टिम फाइनल चरणमा छनोट हुनेछ । दोस्रो चरणका खेलहरु जुन ३ देखि ११ सम्म हुनेछ । जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप खेल्नेछ ।

सन् २०२४ को मार्च ३ देखि १६ सम्म उज्वेकिस्तानमा हुने एएफसी यू-२० महिला एसियन कपमा आयोजक उज्वेकिस्तानसहित २०१९ मा भएको पछिल्लो संस्करणको विजेता जापान, दोस्रो भएको उत्तर कोरिया र तेस्रो भएको दक्षिण कोरिया गरी चार टिम सिधै छनोट भइसकेका छन् ।

चर्चामा

सम्बन्धित समाचार