शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरा सदरमुकाम मार्तडीमा फाइवर नेट सेवा सुरु

बाजुरा सदरमुकाम मार्तडीमा फाइवर नेट सेवा सुरु

  • आइतवार, फाल्गुन २१, २०७९
बाजुरा सदरमुकाम मार्तडीमा फाइवर नेट सेवा सुरु

बाजुरा — जिल्लाको सदरमुकाम मार्तडीमा दुर्त गतिको फाइवर नेट सेवा संचालनमा आएको छ । बिगत लामा समयदेखी चलाउदै आएको नेपाल टेलीकमको एडिएसल सेवालाई बिस्तापित गर्दै एन्टी फाईर नेट सेवा संचालनमा आएको नेपाल टेलिकम बाजुराले जनाएको छ । एडिएसल चलाएका ग्रहाकहरुलाई पहिलो चरणमा एन्टी फाईवर नेट बितरण गरिरहेको र केही ठाउँमा संचानमा समेत आइसकेको नेपाल टेलिकम बाजुराका मान बहादुर रोकायाले बताएका छन ।

पुराना ग्रहाकहरुलाई एन्टी फाइवरको नेट सेवा दिइसकेपछी नयाँ ग्रहाकहरुलाई समेत एन्टी फाइवर नेट सेवा दिने रोकायाले बताएका छन । जिल्लाको बुढिगंगा नगरपालिकामा समेत सो सेवा संचालन गरिने नेपाल टेलिकम बाजुराले जनाएको छ ।
नेपाल टेलिकम बाजुराका अनुसार हाल २५ एमबिपिएस सम्म दिन सकिने जनाएको छ । एन्टी फाईवर नेटमा इन्टरनेट सेवा, फोन सेवार एन्टी टिभी समेत चलाउन मिल्ने नेपाल टेलिकमले जनाएको छ । हाल सदरमुकाममा सेवा बिस्तार गरिरहेकाे टेलीकमले जनाएकाे  छ ।

चर्चामा

सम्बन्धित समाचार