बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • खेलकुद
  • पीएनजीविरुद्ध जवाफी ब्याटिङ थालेको नेपालले गुमायो १विकेट

पीएनजीविरुद्ध जवाफी ब्याटिङ थालेको नेपालले गुमायो १विकेट

  • शुक्रबार, फाल्गुन १९, २०७९
पीएनजीविरुद्ध जवाफी ब्याटिङ थालेको नेपालले गुमायो १विकेट

काठमाडौं  –     पीएनजीविरुद्ध जवाफी ब्याटिङ गरेको नेपालले पहिलो बलमै १ विकेट गुमाएको छ।

नेपालले खाता नै नखोली १ विकेट गुमाएको हो। नेपालका कुशल भुर्तेल सेमो कामियाको बलमा एलबी डब्ल्यु धरापमा परेका हुन्। यसअघि टस जितेर ब्याटिङ गरेको पीएनजीले ४९ दशमलव २ ओभरमा पूरै विकेट गुमाएर १७९ रन बनाएको हो। यस क्रममा पीएनजीका कुनै पनि ब्याटरले अर्धशतक बनाउन सकेनन्।

नेपालका दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले दुई विकेट लिएका थिए। आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडीआई सिरिजका बाँकी खेलमा नेपाललाई शीर्ष ३ मा स्थान बनाउन सबै खेल जित्नैपर्ने दबाब छ।

चर्चामा

सम्बन्धित समाचार