सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • खेलकुद
  • सन्दीपलाई विदेश लैजान आग्रह गर्दै क्यानले राखेपलाई पठायो पत्र

सन्दीपलाई विदेश लैजान आग्रह गर्दै क्यानले राखेपलाई पठायो पत्र

  • बुधबार, फाल्गुन १०, २०७९
सन्दीपलाई विदेश लैजान आग्रह गर्दै क्यानले राखेपलाई पठायो पत्र

नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई यूएई टुरमा लैजाना राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा पत्र पठाएको छ । क्यानका क्रिकेट म्यानेजर विनोद दाशले आफूहरुले राखेपमा व्यक्तिगत रुपमा सँगै पत्रमा पनि सन्दीपलाई विदेश लैजाने कुरामा पहल गरिदिन अग्रह गर्दै पत्र पठाएको बताए ।

‘हामीले राखेपमा सन्दीपलाई विदेश लैजानका लागि पत्राचार गरेका छौं । खेलकुदको मुख्य निकाय भनेको राखेप हो, अब राखेपले अदालतसँग आग्रह गरेमा सम्भव हुनसक्छ बाँकी कुरा अहिले खुलाउन मिल्दैन,’ दाशले रातोपाटीसँगको कुराकानीमा भने ।

नेपालले विश्वकप लिग २ अन्तर्गत यूएईमा त्रिकोणात्मक सिरिज खेल्दैछ । त्यसैका लागि सन्दीपले विदेश जान पाउनु पर्ने मागसहित सर्वोच्चमा पनि निवेदन दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार