शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • भुकम्पले दहकोट स्वास्थ्य चौकीको भवन चिरा चिरा, सेवा प्रवाहमा समस्या

भुकम्पले दहकोट स्वास्थ्य चौकीको भवन चिरा चिरा, सेवा प्रवाहमा समस्या

  • मङ्लबार, फाल्गुन ९, २०७९
भुकम्पले दहकोट स्वास्थ्य चौकीको भवन चिरा चिरा, सेवा प्रवाहमा समस्या

बाजुरा — गौमुल गाउँपालिका २ दहकोटमा रहेको दहकोट स्वास्थ्य चौकीको भवन चिरा चिरा परेको छ । माघ १० गते बाजुराको हिमाली गाउँपालिका बिच्छ्या केन्द्रबिन्दु बनाएर आएको भुकम्पका कारण स्वाथ्य चौकीको भवन चर्किएर चिराचिरा परेको स्वास्थ्य चौकीले जनाएकाे  छ ।
स्वास्थ्य चौकीको भवन चर्किएपछि सेवा लिन आएका विरामीलाई सेवा दिन समस्या भएको छ । जोखिम भवनमा स्वाथ्यकर्मीले बिरामीको उपचार गरिरहेका छन् । भुकम्पबाट स्वास्थ्य चौकीको भवन चर्किएर भित्र बस्न नमिल्ने भएपछि सेवा लिन आएका सेवाग्राहीलाई उपचारमा समस्या भएको दहकोट स्वास्थ्य चौकीकी अनमी सरिता विष्टले बताएकी छन् ।
स्वास्थ्य चौकीमा आएका विरामीलाई बाहिर बसेर सेवा दिनु परेको विष्टले बताइ्न् । भुकम्पले पुरै भवन चर्किएर पछि डरै डरले सेवा दिनु परेको स्वास्थ्य कर्मी धर्म खत्रीले बताए । ज्यान जोखिममा राखेर सेवा प्रवाह गर्दै आएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
स्वास्थ्य संस्थामा आएका विरामी र सुत्केरी हुन आएकी गर्भवती महिलालाई समेत बाहिर राखेर सेवा प्रवाह गर्नु परेको स्वास्थ्यकर्मीको भनाई रहेको छ । गर्भवती सेवा सञ्चालनमा समेत निकै समस्या आएको छ । भवन भित्र उपचार गरम पुरै चिराचिरा कतिबेला भत्किने हो, थाहा छैन्, खुला ठाउँमा उपचार गर्नुपरेको  स्वास्थ्यकर्मीले  वताएका छन् ।
सोही वडामा रहेको पशु सेवा शाखाको भवन समेत भुकम्पले चर्किएर चिराचिरा परेको छ । भुकम्पले घर नै जोखिममा भएपछि कृषकलाई सेवा दिन कठिनाई भएको छ । भुकम्पका कारणले गौमुल गाउँपालिकामा एकजनाको मृत्यु भएको थियो, भने ५ सय बढी परिवार घर चिराचिरा परेका छन् । २० परिवार पुर्ण रुपमा बिस्थापित भएको गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायाले वताएका छन् ।
अध्यक्ष रोकायाले स्वास्थ्य चौकीको भवन जोखिममा रहेको व्यबस्थापन गर्न पहल भइरहेको छ । पालिकामा सिमित स्रोत साधन र बजेट अभाबले भुकम्प प्रभाबितलाई पुर्नस्थापना गर्न समस्या भएको वताए । पालिकामा रहेको स्वास्थ्य चौकी, बिद्यालयका भवन भुकम्पका कारणले जोखिममा रहेको गाउँपालिकाले वताएको छ ।

चर्चामा

सम्बन्धित समाचार