बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • शिक्षा
  • शैक्षिक जनशक्तिको पलायन रोक्न सबै गम्भीर बनौं– प्रधानमन्त्री प्रचण्ड

शैक्षिक जनशक्तिको पलायन रोक्न सबै गम्भीर बनौं– प्रधानमन्त्री प्रचण्ड

  • सोमवार, फाल्गुन ८, २०७९
शैक्षिक जनशक्तिको पलायन रोक्न सबै गम्भीर बनौं– प्रधानमन्त्री प्रचण्ड

काठमाडौं    –    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शैक्षिक जनशक्तिको बढ्दो विदेश पलायन देशका लागि चुनौति भएको बताएका छन् । आज (सोमबार) कास्कीको लेखनाथमा आयोजित पोखरा विश्वविद्यालयको १८औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बढ्दो शैक्षिक जनशक्तिको विदेश पलायन रोक्न सबै जिम्मेवार बन्नुपर्ने बताएका हुन् ।

‘विश्वबजारमा प्रतिस्पर्धी र अब्बल प्रमाणित गर्न तपाईंहरूबीच चुनौतीका चाङ भए पनि धैर्य, संयमित र दूरदर्शी भएर पोखरा विश्वविद्यालयलगायत मुलुककै प्रतिष्ठा उँचो राख्नुहुनेछ भन्ने आशा र विश्वास मैले राखेको छु। विभिन्न कारणले विदेश पलायन हुने जनशक्तिलाई रोजगारी र सीपका माध्यमले स्वदेशमै बस्न सक्ने वातावरण निर्माण गर्ने महत्वपूर्ण अभिभारा तपाईहरूको काँधमा पनि छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

चर्चामा

सम्बन्धित समाचार