शनिबार, जेष्ठ १२, २०८१
  • होमपेज
  • बडिमालिका
  • शिबरात्रीको अवसरमा ६ गते डोटी देखी अछाम हुदै बाजुरा सम्म रथ यात्रा

शिबरात्रीको अवसरमा ६ गते डोटी देखी अछाम हुदै बाजुरा सम्म रथ यात्रा

  • शुक्रबार, फाल्गुन ५, २०७९
शिबरात्रीको अवसरमा ६ गते डोटी देखी अछाम हुदै बाजुरा सम्म रथ यात्रा

बाजुरा — शिबरात्रीको अवसरमा ब्रह्मकुमारी ईश्वरीय बिश्व बिद्यालय उपशाखा बाजुराको आयोजनामा डोटीको दिपायलबाट बाजुरा सदरमुकाम सम्म रथयात्रा गरिने भएको छ । ब्रह्मकुमारी ईश्वरीय बिश्व बिद्यालय उपशाखा बाजुराले शुक्रबार बिहान पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी गराएको हो ।
दिपायल डोटी हुदैँ रथयात्रा अछामको बैजनाथ धाममा र त्यहाँ बाट बाजुरा सदरमुकाम सम्मको यात्रा गरिने आयोजक ब्रह्मकुमारी ईश्वरीय बिश्व बिद्यालय उपशाखा बाजुराले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
बाजुरा सदरमुकाम मार्तडी स्थित नेपाल टेलिकमको कार्यालय नजिकबाट सूरु हुने रथयात्रामा जिल्ला बासी सबैलाई उपस्थितीका लागि पनी पत्रकार सम्मेलन मार्फत बताएका छन । ६ गते दिउसो २ बजे सदरमुकाम मार्तडीमा स्वागत गर्दै तुफान डाँडा, हाटबजार हुदै सदरमुकाम मार्तडीको बजार परिक्रममा गरिने ब्रह्मकुमारी ईश्वरीय बिश्व बिद्यालय उपशाखा बाजुराले जनाएको छ ।
त्यसै गरी फागुन ६ गते दिउँसो ३ बजे खुलामंच मार्तडीमा प्रबचन कार्यक्रमका साथै संकर पार्वतीको सांस्कृतक नृत्य कार्यक्रम रहेको ब्रह्मकुमारी ईश्वरीय बिश्व बिद्यालय उपशाखा बाजुराले पत्रकार सम्मेलन मार्फत जनाएको छ ।
त्यसै गरी फागुन ७ बिहान साढे ७ बजे बाबाको आश्रममा झण्डा तोलन र साढे ८ बजे बडिमालिका मन्दिरमा दर्सन गरि मन्दिर परिसरमा अन्य कार्यक्रमहरु गरिने जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार