आइतवार, जेष्ठ १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिकाले सेना प्रहरीको तयारी कक्षा संचालन गर्ने

बडिमालिका नगरपालिकाले सेना प्रहरीको तयारी कक्षा संचालन गर्ने

  • शुक्रबार, फाल्गुन ५, २०७९
बडिमालिका नगरपालिकाले सेना प्रहरीको तयारी कक्षा संचालन  गर्ने

बाजुरा — बडिमालिका नगरपालिकाले नगरपालिकाका स्थानिय युवाहरुलाई लक्षित गरि नेपाली सेना, नेपाल प्रहरी र ससस्त्र प्रहरीको तयारी कक्षा संचालन गर्ने भएको छ । नगरपालिकाका युवाहरुलाई लक्षित गरि आर्थिक बर्ष ०७९/०८० को निति तथा कार्यक्रम अनुसार सो योजना ल्याएको बडिमालिका नगरपालिकाका प्रबक्ता धर्मराज पाध्यायले बताएका छन । नेपाल प्रहरी, नेपाली सेना र ससस्त्र प्रहरीमा भर्ना हुन इच्छुक बडिमालिका नगरपालिकाका युवाहरुका लागि सो कक्षा सचालन गरिने प्रबक्ता पाध्यायले बताए ।

इच्छुृक नागरिकले फागुन १९ गते सम्म नगरपालिकामा कागजत पेश गर्नुपर्ने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रंगमल विकले बताए  । १८ बर्ष पुरा भई २२ बर्ष ननाघेका हुनुपर्ने र कक्षा ८ उत्तिण गरेका युवाहरुले सो कक्षामा भाग लिन पाउने प्रमुख प्रशासकिय अधिकृत विकले बताए  ।  सो कक्षामा बडिमालिका नगरपालिकाकाको स्थायी नागरिक हुनपर्ने उनले बताएका छन  ।

May be an image of text

चर्चामा

सम्बन्धित समाचार