शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • चेतन हत्या प्रकरण :- उच्च अदालत दिपायलले पनि जिल्ला अदालत बाजुराको आदेश सदर

चेतन हत्या प्रकरण :- उच्च अदालत दिपायलले पनि जिल्ला अदालत बाजुराको आदेश सदर

  • बिहिबार, फाल्गुन ४, २०७९
चेतन हत्या प्रकरण :- उच्च अदालत दिपायलले पनि जिल्ला अदालत बाजुराको आदेश सदर

बाजुरा– त्रिवेणी ७ बस्ने चेतन अयडी हत्या प्रकरणमा उच्च अदातलत दिपायलले जिल्ला अदालत बाजुराको थुनचेक आदेश सदर गरेको छ । जिल्ला अदालत बाजुराले प्रक्राउ परेका ९ जनालाइ पुर्वपक्षका लागी जिल्ला कारागार बाजुरा चलान गरेको थियो ।
पुर्वपक्षका लागी कारागार चलान भएका जुद्ध अयडी, भुपाल अयडी, विनोद अयडी, चक्र अयडि र रुपा चौधरी अयडीले धरौटि तथा साधारण तारिखमा छुट्न पाउ भन्दै उच्च अदालत दिपायलमा निवेदन दिएका थिए । उच्च अदालत दिपायलले बिहिवार जिल्ला अदालत बाजुराले गरेको थुनचेक आदेश सदर गरेको मृतक चेतन अयडीका बुवा गगन अयडीले वताएका छन् ।
किटानी जाहेरी परेका २४ जना मध्ये ९ जनालाइ प्रहरीले प्रक्राउ गरि अदालत पेश गरेको थियो । जिल्ला अदालत बाजुराले थुन चेक आदेश मार्फत ९ जनालाई पुर्वपक्षका लागि कारागार चलान गरेको जिल्ला अदालत बाजुरा श्रेष्तादार पुष्पराज पाण्डेले बडिमालिका खबरलाइ बताएका छन् । सरकारी वकिल कार्यलय बाजुराले २४ जना बिरुद्ध जन्मकैद माग दाबी सहित जिल्ला अदालत बाजुरामा उजुरी दर्ता गरेको थियो ।
२४ जना मध्ये १० जना मात्र प्रक्राउ गरेको थिए । एकजना उपचारको क्रममा रहेकाले ९ जनालाइ मात्र अदालत पेश गरेको थियो । बाँकि १४ जना फरार रहेको प्रहरीले जनाएको छ । जिल्ला अदालत बाजुराले बाँकि १५ जनालाइ ३५ दिन भित्र अदालतमा हाजिर हुन पत्रचार सँगै वारेन्ट जारि गरेको छ ।
मंसिर ४ गते भएको संघ र प्रदेशको चुनावको दिनमा काँग्रेसका एक कार्यकर्ताले मतपेटिका खोस्न खोज्दा उत्पन्न विवादपछि झडप हुँदा प्रहरीले गोली चलाएको थियो । मतदान केन्द्रमा सुरक्षाकर्मीले चलाएको गोली लागेर स्थानिय सञ्जिव अयडीको मृत्यु भएको थियो । सञ्जिवको छातिमा गोलि लागेर घटना स्थलमै मृत्यु भएको थियो । सञ्जिवको मृत्यु पछि चेतनको घरमा पुगेर चेतनलाइ कुटपिट गरि हत्या गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार