आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • गौमुल गाउँपालिकाका भूकम्प प्रभावितलाई राहत वितरण

गौमुल गाउँपालिकाका भूकम्प प्रभावितलाई राहत वितरण

  • मङ्लबार, फाल्गुन २, २०७९
गौमुल गाउँपालिकाका भूकम्प प्रभावितलाई राहत वितरण

बाजुरा — गौमुल गाउँपालिकामा रहेका अति बढी भूकम्प प्रभावित परिवारहरुलाई आज राहत वितरण गरिएको छ । गाउँपालिकाको केन्द्र घट्मुनामा भूकम्प प्रभावितहरुलाई राहत वितरण गरिएको हो ।
गौमुल गाउँपालिकाको समन्वय तथा आत्म निर्भर केन्द्र काठमाण्डौंको आर्थिक सहयोगमा राहत वितरण गरिएको गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापाले बताएकी छन ।
गौमुल गाउँपालिका १ को खौला बस्तीका ११ दलित परिवार र गौमुल गाउँपालिका २ का आँगरका १२ घरपरिवारहरुलाई तत्काल टिनका टहराहरु निमार्ण गर्नका लागि जस्तापाता सहित अन्य खाद्यान्न सामाग्री सहयोग गरिएको आत्म निर्भर केन्द्र धाँपासी काठमाण्डौंका संस्थापक जगत बस्नेतले बताए ।
राहत सामाग्रीमा प्रत्येक परिवारलाई ३ बण्डल जस्ता, १ सेट प्लेन सेट, २ के.जी. छाते किला, १ थान फाइबर सिरक, १ तन्ना, १ थान बल्याङ्गकेट, १ थान डस्ना, २ बोरा चामल, ५ के.जी. दाल, ५ के.जी. नुन, ३ पोका तेल र ५ वटा नुहाउने साबुन गरी करिव ७४ हजार बराबरको सामाग्री प्रभावित परिवारलाई हस्तान्तरण गरिएको छ ।
यस अघि गौमुल गाउँपालिका १ का वडा अध्यक्ष देवेन्द्र बहादुर रोकायाको नेतृत्वमा आत्म निर्भेर केन्द्र काठमाण्डौं संस्थापक जगत बस्नेत सहितको टिमले प्रत्यक्ष भूकम्प प्रभावित क्षेत्रमै पुगेर अवस्थाका बिषयमा अनुगमन समेत गरेको थियाे ।
तत्काल टिनका टहराहरु निमार्ण गरिसकेपछि १५ हजारका दरले प्रत्येक परिवारलाई थप नगद रकम दिईने भएको छ । तत्काल सुरक्षित ठाउँमा टिनका अस्थायी टहराहरु निमार्ण गरिने भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार