• होमपेज
  • समाचार
  • अरुण चौधरीको रिटमा लिखित जवाफ पेस गर्न आदेश

अरुण चौधरीको रिटमा लिखित जवाफ पेस गर्न आदेश

  • सोमवार, फाल्गुन १, २०७९
अरुण चौधरीको रिटमा लिखित जवाफ पेस गर्न आदेश

धनगढी — नागरिक उन्मुक्ति पार्टीका नेता अरुण चौधरीको रिटमा उच्च अदालतले लिखित आदेश पेस गर्न आदेश दिएको छ। उच्च अदालतले सरकारी वकिल कार्यालय कैलालीलाई लिखित जवाफ दिन आदेश दिएको हो।

आइतवार न्यायाधीश देशबहादुर सार्कीको इजलासले जिल्ला वकिल कार्यालय कैलालीलाई फागुन ३ गतेभित्र लिखित जवाफ पेस गर्न आदेश जारी गरेको बताइएको छ। ‘के कसो भएको हो? निवेदकको निवेदन माग बमोजिमको बन्दी प्रत्यक्षीकरणको आदेश किन जारी हुनु नपर्ने हो? निवेदकको माग अनुसार बन्दी प्रत्यक्षीकरणको आदेश जारी हुनु नपर्ने कुनै आधार कारण एवं प्रमाण भए सो समेत खुलाई प्रमाणसहित फागुन ०३ गतेका दिन ११ः०० बजेसम्म उच्च सरकारी वकिल कार्यालय, दिपायल मार्फत् लिखित जवाफ पेस गर्नू’ आदेशमा भनिएको छ।
उक्त आदेशमा म्याद गुजारी बसेमा पछि उजुरबाजुर नलाग्ने भनिएको छ। कारागार कार्यालयमा थुनामा रहेका चौधरीलाई कैलाली जिल्ला अदालतमा रहेको श्रव्यदृश्य संवाद कक्षमा उपस्थित गराउन पनि भनिएको छ। उनी कैलालीको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए।

चर्चामा

सम्बन्धित समाचार