शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • समाचार
  • बझाङमा सामाजिक सुरक्षा भत्ता बुझेर घर फर्किएकी वृद्ध महिलाको बाटोमै मृत्यू

बझाङमा सामाजिक सुरक्षा भत्ता बुझेर घर फर्किएकी वृद्ध महिलाको बाटोमै मृत्यू

  • बिहिबार, माघ २६, २०७९
बझाङमा सामाजिक सुरक्षा भत्ता बुझेर घर फर्किएकी  वृद्ध महिलाको बाटोमै मृत्यू

अर्थ जङ्ग शाही/बझाङ — सामाजिक सुरक्षा भत्ता बुझेर घर फर्किरहेकी एक महिलाको बाटोमै मृत्यु भएको छ । बझाङको छविसपाथिभेरा गाउँपालिका –१ परिङगाल घर भएकी करिब ७० बर्षिया सिता गिरीको मृत्यु भएको हाे । गाउँपालिकाको कार्यालय व्याँसीबाट जेष्ठ नागारिक भत्ता बुझेर घर फर्कने क्रममा छविसपाथिभेरा गाउँपालिकाकै खौलागणा भन्ने ठाउँमा उनको मृत्यु भएको स्थानिय रामभक्त गिरीले बताएका छन् ।

विहान गाउँपालिका भवन व्याँसीमा जेष्ठ नागरीक भत्ता बुझ्न गएकि उनको आज दिउसो फर्कने क्रममा विचबाटोमै मृत्युभएको हो । दमकी विरामी भएकी गिरी केही समय अघिदेखि अस्वस्थ्य रहेकि पारिवारिक स्राेतले जनाएकाे छ । मृतक गिरीको घरबाट गाउँपालिका नजिकै रहेको कुमारी बैङ्कमा पुग्न गाडीमा १ घन्टाकाे समय लाग्छ । गाउँपालिकाले भत्ता बुझ्न बैङ्कमै जानुपर्ने नियम लागू गरेपछी जेष्ठनागरिकहरूलाई सास्ति हुने गरेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार