बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • खप्तडछान्ना गाउँपालिकामा प्रारम्भिक बालबिकास क्षमता अभिबृद्वी तालिम सम्पन्न

खप्तडछान्ना गाउँपालिकामा प्रारम्भिक बालबिकास क्षमता अभिबृद्वी तालिम सम्पन्न

  • बुधबार, माघ २५, २०७९
खप्तडछान्ना गाउँपालिकामा प्रारम्भिक बालबिकास क्षमता अभिबृद्वी तालिम सम्पन्न

प्रदिप मलासी बझाङ्ग–खप्तडछान्ना गाउँपालिकामा १० दिने प्रारम्भिक बालविकास क्षमता अभिबृद्धि तालिम सुरु भएको छ । रीड नेपालको आयोजना तथा गाउँपालिकाको समन्वयमा घाटखोला स्थित ईश्वर आधारभूत विद्यालयमा सुरु गरिएको तालिमको उद्घाटन गाउँपालिका अध्यक्ष उत्तम बहादुर रोकायाले गरेका थिए ।

रीड नेपालका प्रमुख कार्यकारी अधिकृत भिम बहादुर बोगटीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा निमित्त प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद सोती र पुर्ब गाउँपालिका तथा विद्यालय ब्यवस्थापन समिति अध्यक्ष बर्क बहादुर रोकायाको उपस्थिति रहेको थियो । गाउँपालिका अध्यक्ष रोकायाले प्रारम्भिक बालविकास तालिम अतिनै महत्वपुर्ण रहेकोले सक्रिय भएर सिक्न आग्रह गर्नु भयो । बालविकासलाई सबल बनाउन र बालविकास शिक्षकको हकहितको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । निमित्त प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद सोतीले बाल विकास महत्वपूर्ण भएको हुँदा तालिममा सक्रिय भएर सिकेका सिप कक्षामा लैजान आग्रह गरे र आगामी दिनमा सरकारले उपलब्ध गराउने बालबिकास सम्बन्धि सहयोग बालबिकास ब्यबस्थापनमा नै खर्च गर्ने बाताबरण मिलाउने प्रतिबद्धता गर्नु भयो ।

पुर्ब गाउँपलिका अध्यक्ष रोकायाले सिकेका सिपलाई अनिवार्य कक्षाकोठामा लागू गर्न र कार्यान्वयनको लागि बिद्यालय अनुगमनमा ध्यान दिन सरोकार वालालाइ सुझाव दिनु भयो। रीड नेपालका प्रमुख कार्यकारी अधिकृत भिम बहादुर बोगटीले बालविकास सिकाइको जग भयकोले बच्चाको शारीरिक विकास,बौद्धिक विकास,सामाजिक विकास,संबेगात्मक विकास र भाषिक विकास क्षेत्रमा बालबालिकाको लागि बाताबरण तयार गर्न बालविकास शिक्षकको क्षमता अभिबृद्धि तालीमको आयोजना गरेको बताउनु भयो । बालविकासको समग्र ब्यबस्थापनमा सुधार ल्याउन आबश्यक रहेकोले तालिम प्रस्चात बालबिकासको क्षेत्रमा सुधार आउने आशा राख्दै तालिममा सक्रिय भयर सीप सिक्न र कक्षा कोठामा लागू गर्न अनुरोध गर्दै आगामी दिनमा पनि समग्र शैक्षिक सुधारमा विभिन्न कार्यक्रम लागुगर्दै जाने कुरा बताउनु भयो। तालिममा प्रारम्भिक बाल विकासको अवधारणा तथा महत्व, बाल शिक्षकको भूमिका, प्रारम्भिक बाल विकासका मापदण्ड, पाठ्यक्रम अध्ययन, कक्षाकोठा व्यवस्थापन, शैक्षिक सामग्री निर्माण, दैनिक कार्यतालिका निर्माण तथा प्रयोग मूल्यांकन, विद्यार्थी अभिलेख लगाएतका विषयवस्तुमा छलफल हुनेछ । तालिममा गाउँपालिकाका ३७विद्यालयका ३८ जना शिक्षकहरुको सहभागिता रहेको छ ।

तालिमको सहजीकरण बालबिकास बिज्ञ डा .मिनाक्षी दाहाल र मिना ढुङ्गेलले गरिरहनु भएको छ । रीड नेपालले खप्तडछन्नाका गाउपालिकाका आधारभुत तहका १९२ शिक्षकहरुलाई बालमैत्री सिकाइ तालिम र आबश्यक शैक्षिक सामाग्री दिइसकेको रिड नेपाल बझाङ्ग का जिल्ला शिक्षा अधिकृत उमा भट्टले बताउनु भयो । बिगत २ वर्ष देखि रिड नेपालले बझाङ्ग जिल्लाका विभिन्न पालिकाहरुमा शिक्षामा रुपान्तरण गर्न शैक्षिक सुधार गतिबिधि गर्दै शिक्षामा उल्लेखनिय सुधार गरेको छ । यश पूर्व रिड नेपालले जयपृथ्वी नगरपालिका बझाङ्गका विभिन्न बिध्यालयमा शैक्षिक सामाग्री बितरण र किशोर किशोरी सुचना केन्द्रको निर्माण साथ शिक्षामा चेतना बिकासका क्षेत्रमा काम गर्दै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार