शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • बडीमालिका २ का विद्यार्थी र जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

बडीमालिका २ का विद्यार्थी र जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

  • मङ्लबार, माघ २४, २०७९
बडीमालिका २ का विद्यार्थी र जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

बाजुरा — जिल्लाको बडीमालिका नगरपालिका वडा नम्वर २ मा रहेको सत्यवादी मावि भौनेरामा अध्ययनरत विपन्न विद्यार्थी र वडाका जेष्ठ नागरिक, एकल महिला, अपाङलाई न्यानो लुगा वितरण गरिएको छ । बडीमालिका नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष डम्बर महतको पहल तथा गोदावरी पूर्व विद्यार्थी संघ काठमाण्डौंको सहयोगमा सत्यवादी मावि भौनेरामा अध्ययनरत ३४५ जना विद्याथी, ७२ जना जेष्ठ नागरिक, २१ जना एकल महिला र ८ जना अपाङ गरी ४ सय ४६ जनालार्ई चिसो छल्न न्यानो लुगा वितरण गरिएको विद्यालयका प्रधानाध्यापक मानबहादुर हमालले बताएका छन् ।

No description available.

वडा भित्रका गरिब तथा विपन समुदायका बालबालिका, जेष्ठ नागरिक, अपाङ र एकल महिलालाई लक्षित गरी साढे ४ लाख बढीको न्यानो लुगा वितरण गरिएको २ का वडा अध्यक्ष डम्वर महतले बताएका छन् ।  काठमाडौंमा रहेको गोदावरी पूर्व विद्यार्थी संघले चिसो सिजनलाई लक्षित गरेर प्रत्येक विद्यार्थी, एकल महिला, जेष्ठ नागरिक र अपाङगलार्ई एक/एक जोडा न्यानो लुगा सहयोग भएपछि विद्यार्थी र जेष्ठ नागरिक खुसी भएका छन् । हिजो सोमबार विद्यालयमा एक औपचारिक कार्यक्रमका बीच न्यानो लुगा हस्तान्त्रण गरिएको थियो । न्यानो लुगा वितरण कार्यक्रममा बोल्दै गोदावरी पूर्व विद्यार्थी संघका अध्यक्ष प्रकाश बावु केसीले दुर्गममा रहेको विद्यालयका विद्यार्थी र जेष्ठ नागरिकलाई संस्थाको तर्फबाट सम्वन्धित ठाउँमै पुगेर सहयोग गर्न पाउँदा धेरै खुसी भएको बताएका छन् ।उनले आगामी दिनमा पनि सत्यवादी माविलाई आवश्यक पर्ने सहयोग गर्न संस्था तयार रहेको बताएका थिए ।

No description available.

वडा नम्वर २ का वडा अध्यक्ष डम्बर महतको अध्यक्षतामा आयोजना गरिएको न्यानो लुगा हस्तान्त्रण कार्यक्रममा बडीमालिका नगरपालिकाका नगरप्रमुख अमर खड्का प्रमुख अतिथि रहेका थिए । त्यस्तै कार्यक्रममा उपप्रमुख नन्दा थापा, शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख हर्कबहादुर सिंह र सहयोगी निकाय गोदावरी पूर्व विद्यार्थी संघका अध्यक्ष प्रकाश बाबू केसी र सिईयो सिकन्दर थापा विशिष्ट अतिथि रहेका थिए । न्यानो लुगा हस्तान्त्ररण कार्यक्रममा बाेल्दै कार्यक्रमका प्रमुख अतिथि बडीमालिका नगरपालिकाका नगरप्रमुख अमर खड्काले सहयोगी निकायलाई धन्यवाद दिएका थिए । उनले बडीमालिका नगरपालिका भित्रका २८ विद्यालय मध्ये सत्यवादी मावि र मालिका नमुना माविलाई नमुना विद्यालयको रुपमा विकास गर्ने गरि बडीमालिका नगरपालिकाले तयारी गरेको बताएका छन् ।

कार्यक्रममा सहयोगी निकाय गोदावरी पूर्व विद्यार्थी संघको टिमलाई वडा कार्यालयले दोसल्ला अोडाएर सम्मानसहित मायाको चिनो समेत प्रदान गरेको थियो । त्यस्तै कार्यक्रममा बडीमालिका रोजगार संयोजक प्रमिला थापा, अनेरास्ववियु बाजुराका सहसचिव प्रेम नेपाली, पत्रकार मदन विक र लक्ष्मीराज पाध्याय लगायत सहभागि भएका थिए । कार्यक्रमको संचालन विद्यालयका शिक्षक यज्ञ रोकायाले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार