बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • शिक्षा
  • त्रिविको स्नातक तह चौथो वर्षका परीक्षा १२ चैतदेखि (तालिकासहित)

त्रिविको स्नातक तह चौथो वर्षका परीक्षा १२ चैतदेखि (तालिकासहित)

  • मङ्लबार, माघ २४, २०७९
त्रिविको स्नातक तह चौथो वर्षका परीक्षा १२ चैतदेखि (तालिकासहित)

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले २०७९ सालको स्नातक तह चौथो वर्षको परीक्षा स्ववियु निर्वाचनपछि गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले जारी गरेको तालिका अनुसार शिक्षा शास्त्र, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फका नियमित तथा आंशिक परीक्षाहरु २०७९ चैत १२ गतेदेखि सुरु हुनेछन् ।

चैत ५ गते स्ववियु निर्वाचन गर्ने निर्णय त्रिवि कार्यकारी परिषदले गरिसकेको छ । यसअनुसार स्ववियु निर्वाचन लगत्तै परीक्षाहरु सुरु हुनेछन् ।

यसअघि फागुन १० गतेदेखि परीक्षा सन्चालन गर्ने तालिका त्रिविले निकालेको थियो । स्ववियु निर्वाचन भाग लिन नदिनका लागि हतारमा परीक्षा सन्चालन गर्न खोजेको भन्दै विरोध जनाएका थिए । कोरोना महामारीको समयमा बिग्रिएको शैक्षिक क्यालेन्डरका कारण हाल त्रिविमा २०७७ र २०७८ सालमा भर्ना भएकाहरु गरी दुई ब्याच छन् । त्यसैले चार वर्षे स्नातक तहमा पाँच वटा ब्याच छन् । स्ववियु निर्वाचनमा चार वटा ब्याचले मात्र मतदान गर्न पाउने भएकाले चौथो वर्षलाई छिट्टै धपाउन लागि छिट्टै परीक्षा गर्न लागिएको भन्दै विद्यार्थीहरुले विरोध जनाएका थिए ।

संशोधित तालिका अनुसार बीएससी र बीएडका परीक्षा चैत १२ देखि तथा बीबीएसको परीक्षा चैत १३ गतेदेखि सन्चालन हुनेछन् । त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेन्डरमा २/२ वर्षमा फागुन १४ गते स्ववियु निर्वाचन गर्ने कार्यतालिका छ । यद्यपि यस वर्ष चैत ५ गते स्ववियु निर्वाचन हुनेछ । २०६५ चैतयता नियमित रूपमा स्ववियु निर्वाचन हुन सकेको छैन । २०७३ चैतमा २६ वटा क्याम्पसमा मात्र निर्वाचन भएको थियो ।

 

 

 

चर्चामा

सम्बन्धित समाचार