बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसका अवसरमा दुई पत्रकार सम्मानित

प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसका अवसरमा दुई पत्रकार सम्मानित

  • आइतवार, माघ २२, २०७९
प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसका अवसरमा दुई  पत्रकार सम्मानित

बाजुरा — प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसका अवसरमा चाैतारी बहस कार्यक्रम संगै दुई जना पत्रकार सम्मान गरेकाे छ । समृद्धीका लागि स‌चारकर्म प्रेस चाैतारीकाे मुल मर्म भन्ने मुला नाराका साथ आयाेजित  स्थापना दिवसकाे असरमा २ पत्रकारलाइ समेत सम्मान गरेकाे प्रेस चाैतारी नेपाल बाजुरा शाखाले जनाएकाे छ ।

  स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल बाजुरा शाखाले स्थापना गरेको विनोद वि.क. स्मृति पत्रकारिता पुरस्कार प्रेस  चौतारीका सुदूरपश्चिम प्रदेश अध्यक्ष  कृष्ण ओली र जिल्ला सदस्य तथा रेडीयाे बाजुरामा कार्यरत पत्रकार सरिता नेपालीलाई नगद सहित प्रमाण पत्रले सम्मान गरिएको प्रेस चाैतारी नेपाल बाजुरा शाखाका अध्यक्ष मदन विकले बताएका छन  । विगत लामाे समय देखी पत्रकारिता क्षेत्रमा काम गर्दै आएका ओली र  नेपालीलाई  जनही नगद पाँच हजार ५ सय ५५ रुपैया सहित प्रमाण पत्रले सम्मान गरेको प्रेस चौतारी बाजुराका अध्यक्ष मदन वि.क.ले बताए  ।

आइतबार बिहान  जिल्ला अस्पताल बाजुरामा रहेका बिरामीहरुलाइ फलफुल वितरण तथा दिउसाे जनप्रतिनधीहरु संग चाैतारी बहस स‌ंगै बिबिध कार्यक्रम सगै कृयाशिल  पत्रकार वली र नेपालीलाइृ सम्मान गर्नुका साथै  जन प्रतिनधीसंग चाैतारी बहस कार्यक्रम  गरी मनाएकाे छ ।

प्रेस चौतारी बाजुराको सचिवालयको बैठकले छनोट गरेर ओली र नेपाली सम्मान सहित पुरस्कार दिने निर्णय गरेकाे थियाे  । प्रेस चौतारी नेपाल बाजुरा शाखाका अध्यक्ष मदन वि.क.को अध्यक्षतामा संचालन भएको कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज लालबहादुर थापा प्रमुख अतिथी रहेका थिए ।

स्थापना दिवसमा नेकपा एमाले जिल्ला कमिटी सचिव भरत रोकाया,जिल्ला कमिटी सदस्य रामबहादुर बानियाँ,तुलसीराम रोकाया,अमर खड्का,रामबहादुर बोहरा, प्रेस चाैतारी केन्द्रीय सदस्य बसन्त बिश्वकर्मा  लगायत विशिष्ट अतिथी रहेका थिए । सदस्य  सरिता नेपालीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन  सचिव रमित वि.कले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार