शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • बडिमालिका
  • प्रेस चौतारीको स्थापना दिवसकाे अवसरमा जिल्ला अस्पताल बाजुराका बिरामीलाइ फलफुल बितरण

प्रेस चौतारीको स्थापना दिवसकाे अवसरमा जिल्ला अस्पताल बाजुराका बिरामीलाइ फलफुल बितरण

  • आइतवार, माघ २२, २०७९
प्रेस चौतारीको स्थापना दिवसकाे अवसरमा जिल्ला अस्पताल बाजुराका बिरामीलाइ फलफुल बितरण

बाजुरा — प्रेस चौतारी नेपाल बाजुरा शाखाले आफ्नो २५ औं स्थापना दिवसकाे अवसरमा जिल्ला अस्पताल बाजुरामा रहेका बिरामीलाइ फलफुल बितरण गरी दिवस मनाएकाे छ । प्रगतिशिल र श्रमजीवी पत्रकारको संगठन प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसकाे अवसरमा जिल्ला संगठन बाजुराले आइतबार जिल्ला अस्पतालमा रहेका विरामीहरुलाइ फलफूल वितरण गरेको हाे  ।

No description available.

वि‍.स २०५४ माघ २२ मा स्थपना भएकाे संगठनले माघ २२ गते स्थपना दिवस मनाउदै आएकाे छ । प्रेस चाैतारी बाजुराका अध्यक्ष मदन विककाे अध्क्षतामा स‌चालन भएकाे  कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज लाल बहादुर थापा प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बिषिष्ठ अतिथि बडीमालिका नगरपालिका नगर प्रमुख अमर खड्का जिल्ला समन्वय समिति बाजुरा उप प्रमुख लाछु शार्की  प्रेस चौतारीका  पुर्व  केन्द्रीय सदस्य  तथा बडीमालिका नगरपािलका ७ वडाअध्यक्ष धर्मराज पाध्याय, वडा नम्मर ९ का वडा अध्यक्ष सुर्यकिरण विक प्रेस चौतारी नेपालका   केन्द्रीय सदस्य वसन्त विश्वकर्मा  रहेका थिए ।

No description available.

त्यसै गरी अतिथीकाे रुपमा प्रेस चौतारीका  सुदुर पश्चिम प्रदेश कमिटी सदस्य लक्ष्मीराज पाध्याय, नेपाल पत्रकार महासघ बाजुरा शाखा उपाअध्यक्ष संगिता तिमिल्सिना प्रेस युनियनका प्रदेश सचिव राजेन्द्र राेकाया लगायतकाे उपस्थिती रहेकाे थियाे ।   फलफुल बितरण कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज लाल बहादुर थापा लगायत बिषिष्ठ अतिथिहरुले  बिरामीलाइ फलफुल बितरण गर्नुका साथै बिरामीहरुकाे स्वास्थ्य लाभकाे कामना समेत गरेका थिए ।

त्यसै गरी प्रेस चाैतारी नेपाल बाजुरा शाखाले  बाजुराको समग्र विकासका लागि जिल्लाका ९ वटै स्थानीय तहका जनप्रतिनिधिहरुसंग विकासमा दिउसाे ‘चौतारी बहस’ सञ्चालन गर्नुका साथै अन्य विविध कार्यक्रमका साथ मनाउने कार्यक्रम रहेकाे सचिव रमित विकले बताएका छन् ।  प्रेस चौतारीका संस्थापक स्वग्रिय बिनोद कुमार विकको स्मृतिमा प्रदान गर्दै आएको उक्त पत्रकारिता पुरस्कार यस वर्षपनि दुई जना उत्कृष्ट क्रियाशील पत्रकारलाई पुरस्कृत गर्ने निणर्य गरेको सचिव विकले बताएका छन।  कार्यक्रमकाे संचालन प्रेस चाैतारी नेपाल बाजुरा शाखाका सचिव रमित विकले गरेका थिए  ।

चर्चामा

सम्बन्धित समाचार