शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विचित्र संसार
  • गुडिरहेको रेलको डिब्बा छुटेपछि…

गुडिरहेको रेलको डिब्बा छुटेपछि…

  • आइतवार, माघ २२, २०७९
गुडिरहेको रेलको डिब्बा छुटेपछि…

वीरगञ्जसँगै जोडिएको भारतको बिहार राज्यस्थित पूर्वी चम्पारणमा चलिरहेको रेलको डिब्बा अचानक छुट्टिएको छ । सत्याग्रह एक्सप्रेस गाडी नं. १५२७३ नम्बरको डिब्बा छुट्टिएको हो ।

रक्सौलबाट आनन्द बिहारतर्फ यात्रु बोकेर जाँदै गरेको रेलको डिब्बा आज बिहीबार भारतीय समय अनुसार बिहान ९:१५ बजे सुगौली र बेतिया स्टेशनको बीचमा छुट्टिएको हो । डिब्बा छुट्टिएर रेलको इन्जिनसहितको भाग अघि बढे पनि बाँकी ८ वटा डिम्बा लिगमै रोकिएको नेपाली यात्रु सुमित पटेलले जानकारी दिए ।

नेपाली तथा भारतीय यात्रुले रेल भरिएको थियो । चल्दाचल्दै गरेको रेलको डिब्बा अचानक ईन्जिनसँग छुट्टिएपछि यात्रुहरु आत्तिएर चिच्याउन थालेका थिए ।

छुट्टिएका डिब्बालाई जोडेर आनन्द बिहारतर्फ लागेको रेलको डिब्बा नरकटियागञ्ज रेल्वे स्टेशनमा पुगेपछि फेरि छुट्टिएको यात्रु पटेलले बताए ।

चर्चामा

सम्बन्धित समाचार