शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • गौमुलका भूकम्प पीडितलाइ लक्षित गरेर स्वास्थ्य शिविर

गौमुलका भूकम्प पीडितलाइ लक्षित गरेर स्वास्थ्य शिविर

  • शनिबार, माघ २१, २०७९
गौमुलका भूकम्प पीडितलाइ लक्षित गरेर स्वास्थ्य शिविर

बाजुरा–गौमुल गाउँपालिकाको भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । भूकम्प पीडितलाई लक्षित गरि गौमुल गाउँपालिका–२ आगरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वय तथा स्वास्थ्य कार्यालयको आयोजना र जिल्ला अस्पतालको प्राविधिक सहयोगमा भूकम्प प्रभावित बस्ती आगरमै पुगेर डाक्टर सहीतको टोलीले पीडितको उपचार गरेको छ । भुकम्प पिडित त्रिपालको सहारमा बसेका उनीहरुमा विभिन्न रोगको संक्रमण हुन नदिन तत्काल १ दिने निःशुलक स्वास्थ्य शिविर सञ्चालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले बताएका छन् ।

भूकम्प प्रभावितलाई लक्षित गरि सञ्चालन गरिएको शिविरले विभिन्न समस्याका कारण उपचारका लागि अस्पताल सम्म नपुगेका नागरिकका लागि समेत थप सहजता पुर्याएको विष्टले बताए । विस्थापित १२ परिवारलाई चरणवद्ध राहत दिने उद्देश्य सहीत पहिलो चरणमा स्वास्थ्य शिविर आयोजान गरिएको र तत्काल अर्को प्याकेजको राहतको लागि पहल गर्ने उनले बताए ।

जिल्ला अस्पताल बाजुराका कार्यालय प्रमुख डाक्टर प्रेरित देवकोट सहीत स्वास्थ्य कर्मीको टोलीले खोलाको किनारमा पाल टागेर बसिरहेका भूकम्प पीडितको प्रत्येक परिवारको त्रिपालमै गएर निःशुल्क स्वास्थ्य परीक्षण गरेको थियो ।

निःशुल्क स्वास्थ्य शिविरबाट १ सय ३ महिला र ३६ पुरुष गरी १ सय ४९ जनाले स्वास्थ्य सेवा लिएका छन् । शिविरमा सामान्य खालका विरामीदेखि भूकम्पबाट चोटपट लागेका मानिसहरुको उपचार गरिएको डाक्टर प्रेरित देवकोटले बताएका छन् ।

डाक्टर देवकोट हिजो मात्र जिल्ला अस्पताल बाजुरा कार्यालय प्रमुखमा नियुक्त भएका थिए । शिविरमा डा. शुनिल शाह, नृपराज गिरी, प्रकाश गुरुङ, रमेशलाल विक, भूमिका सिंह सहीतका स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा दिएका थिए ।

शिविरको उद्घाटन वडाध्यक्ष देवबहादुर रोकायाले गरेका हुन् । पालिकादेखि वडाले क्रमवद्ध प्रभावित परिवारका लागि राहत उपलब्ध गराउन पहल भईरहेको वडाध्यक्ष रोकायाले बताएका छन् । उनले विस्थापित बस्तीलाई स्थानान्तरण गर्न जोखिम बस्तीको पहिचान सहीत संकलन गर्ने काम भईरहेको पनि उनले बताए ।

निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेपछि स्थानीय खुसी भएका छन् । त्रिपाल मुनि बस्नाले चिसोका कारण विभिन्न किसिमका रोगले ग्रसित थियौं डाक्टर सहीतको टोली पुगेर चेकजाँच गरि औषधी दिएको छ, खुशी हुँदै भूकम्प पीडित धना विकले बताईन् ।

वडाध्यक्ष देवबहादुर रोकायको अध्यक्षतामा सञ्चालन गरेको शिविरमा सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्ट, स्वाथ्यकर्मी धर्म खत्री, रमा थापा रोकाया, टंकराज पण्डित लगायतको उपस्थित रहेको थियो । शिविर वडा नं.२ आगरस्थित धर्मोदय आधारभूत विद्यालय र भूकम्प पीडितको बस्तीमा सञ्चालन गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार