शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • जगन्नाथ
  • जगन्नाथ गाउँपालिकाको सरस्वती आधारभूत विद्यालयको ६ कोठे भवनको उद्धघाटन

जगन्नाथ गाउँपालिकाको सरस्वती आधारभूत विद्यालयको ६ कोठे भवनको उद्धघाटन

  • शुक्रबार, माघ २०, २०७९
जगन्नाथ गाउँपालिकाको सरस्वती आधारभूत  विद्यालयको ६ कोठे भवनको उद्धघाटन

बाजुरा — जिल्लाको जगन्नाथ गाउँपालिका वडा न ६ मा रहेको सरस्वती आधारभूत विद्यालयको ६ कोठे भवनको एक कार्यक्रमका बिच उद्धघाटन गरिएको छ । आर्थिक बर्ष २०७८/२०७९ मा जगन्नाथ गाउँपालिकाको ४२ लाखको लागतमा निर्माण भएको ६ कोठे भवन र सौचालयको शुक्रबार एक कार्यक्रमका विच उद्घाटन गरिएको हो ।
जगन्नाथ गाउँपालिकाको आर्थिक सहयोगमा निर्माण गरीएको सो भवनको उद्घाटन जगन्नाथ गाउँपालिका वडा नं.६ का पुर्व वडा अध्यक्ष एवं नेकपा एमाले बाजुरा जिल्ला कमिटी सदस्य कटक बहादुर बिष्टले गरेको नर बहादुर बुढाले बताएका छन ।

No description available.

उद्धघाटन समारोह कार्यक्रममा प्रमुख अतिथि जगन्नाथ गाउँपालिका वडा नं.६ का पुर्व वडा अध्यक्ष एवं नेकपा एमाले बाजुरा जिल्ला कमिटी सदस्य कटक बहादुर बिष्ट रहेका थिए ।
त्यसै गरी बिशिस्ट अतिथि जगन्नाथ गाउँपालिका सामाजिक विकास समिति संयोजक एवं वडा नं ५ का वडा अध्यक्ष गौरी सार्की , वडा नं ६ का वडा अध्यक्ष धन बहादुर सार्की लगायत वडा सदस्य र स्थानीय लगायतको उपस्थित रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार