• होमपेज
  • समाचार
  • निर्वाचन आयोगले भन्यो – कुनै व्यक्तिले उजुरी दिँदैमा दल दर्ता खारेज हुँदैन

निर्वाचन आयोगले भन्यो – कुनै व्यक्तिले उजुरी दिँदैमा दल दर्ता खारेज हुँदैन

  • शुक्रबार, माघ २०, २०७९
निर्वाचन आयोगले भन्यो – कुनै व्यक्तिले उजुरी दिँदैमा दल दर्ता खारेज हुँदैन

काठमाडौं — निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले कुनै व्यक्तिले कुनै पार्टीविरूद्ध उजुरी दिँदैमा दल खारेज नहुने बताएका छन् । पत्रकारहरूसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त थपलियाले कुनै दलविरुद्ध व्यक्तिले उजुरी दिँदैमा दल खारेज गर्न नमिल्ने बताएका हुन् ।

तर,विधि र प्रक्रिया पुर्‍याएर दल दर्ता खारेज गर्न सक्ने थपलियाको भनाइ छ । राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ इंगीत गर्दै प्रमुख आयुक्त थपलियाले भने,‘राजनीति गर्ने मान्छेहरू राष्ट्र र जनताप्रति बफादार र इमान्दार बनेर काम गर्छन् । त्यसैले त्यस्ता व्यक्तिले फर्जि र झुटो विवरण पेश गरेर कुनै काम गर्नुहुँदैन । ’

रास्वपाको दल दर्ता खारेजीको माग गर्दै नेपाली नागरिकको तर्फबाट युवराज पौडेल असफलले निर्वाचन आयोगमा उजुरी दिएका छन्।

चर्चामा

सम्बन्धित समाचार