• होमपेज
  • प्रदेश ७
  • कसरी ह्याक भयो सुदूरपश्चिम प्रदेश सभाको वेभसाइट?

कसरी ह्याक भयो सुदूरपश्चिम प्रदेश सभाको वेभसाइट?

  • शुक्रबार, माघ २०, २०७९
कसरी ह्याक भयो सुदूरपश्चिम प्रदेश सभाको वेभसाइट?

धनगढी – सुदूरपश्चिम प्रदेश सभाको आधिकारिक वेभसाइट ह्याक अवरुद्ध भएको छ।

शुक्रबार ह्याक भएको वेभसाइट सूचारु गराउने प्रयास भइरहेको सचिवालयले बताएको छ।

वेभसाइटमा अंग्रेजी अक्षरहरु देखिएकाले अमेरिकन ह्याकरहरुले ह्याक गरेको हुन सक्ने अनुमान गरिएको बताइएको छ।

वेभसाइट कसरी ह्याक भयो भन्ने विषयमा कुनै जानकारी नभएको सचिवालयले बताएको छ। कसले र किन समस्या उत्पन्न गरेको भन्ने अनुसन्धान भइरहेको बताइएको छ।

चिनियाँ ह्याकरहरू वेभसाइटलाई प्रभावित गर्ने कार्यमा संलग्न भएको हुन सक्ने आशंका समेत गरिएको छ। सुदूरपश्चिममा पहिलो पटक प्रदेश सभाको वेभसाइट ह्याक भएको हो।

चर्चामा

सम्बन्धित समाचार