मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • समाज
  • डडेल्धुराका युवक बैतडीमा मृत फेला

डडेल्धुराका युवक बैतडीमा मृत फेला

  • शुक्रबार, माघ २०, २०७९
डडेल्धुराका युवक बैतडीमा मृत फेला

बैतडी – डडेल्धुराका युवक बैतडीमा मृत फेला परेका छन्।

बैतडीको पाटन नगरपालिका–६ थापला डाँडा भीरमा एक युवक मृत फेला परेका हुन्। डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ का २७ वर्षीय पदमराज अवस्थी मृत फेला परेको बैतडीका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

बिहीवार दिउँसो ३ बजे मृत फेला परेका अवस्थीको शव घटनास्थलमै रहेको छ। अवस्थीका घरपरिवार आएपछि मात्रै घटनास्थलको काम हुने प्रहरीले जनाएको छ।

उनको कसरी मृत्यु भयो भन्ने नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खत्रीले बताए।

चर्चामा

सम्बन्धित समाचार