बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीति
  • बाजुराका भुकम्प पिडीतलाई तत्काल राहत तथा उद्धार गर्न सांसद पाण्डेको अनुरोध

बाजुराका भुकम्प पिडीतलाई तत्काल राहत तथा उद्धार गर्न सांसद पाण्डेको अनुरोध

  • बुधबार, माघ १८, २०७९
बाजुराका भुकम्प पिडीतलाई तत्काल राहत तथा उद्धार गर्न सांसद पाण्डेको अनुरोध

बाजुरा — प्रतिनिधी सभा सदस्य बद्रि पाण्डेले बाजुरामा माघ १० गते गएको भुकम्प पिडीतहरुलाई तत्काल राहत तथा पुर्नस्थापना गर्न अनुरोध गरेका छन । बुधबार प्रतिनिधी सभाको बैठकमा बोल्दै सांसद पाण्डेले बाजुरा लगायतका छिमेकी जिल्लामा भुकम्पका कारण प्रभाबित भएका नागरिकलाई राहत तथा उद्धार गरिदिन अनुरोध गरेका हुन ।

सरकारले उद्धार राहात र पुनरस्थापनका लागी तत्काल ध्यान दिन आवश्यक रहेको पाण्डेले बताएका छन । सा‌सद पाण्डेले मनसुन सुरु हुनै लागेका कारण जुनसुकै बेलापनि बिपत्ति आउन सक्ने भन्दै सरोकारवाल निकायहरु तयारी अवस्थामा रहिरहनु पर्ने बताएका छन ।
जिल्लाका अधिकांस बस्तिहरुमा बस्ति स्थानान्तरण नरीकन बस्न नसकिने अवस्था रहेको संसदमा  पाण्डेले सरकारकाे ध्यानाकर्षण गरेका छन  । एकिकृत बस्ति बिस्तारको अवधारणाई कार्यान्वयन गर्नुपर्ने र दुई दुई पटक भुकुम्पका कारण बाजुरा लगायत  सुदुरका अन्य जिल्लामा भएको क्षेतिग्रस्त परिवारलाई राहात उद्धार, र पुनरस्थापनाका लागी गर्न सरकारसंग आग्रह गरेका छन।

चर्चामा

सम्बन्धित समाचार