शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका ७ को १२ औँ बैठक पोरखे लेकमा सम्पन्न

बडिमालिका ७ को १२ औँ बैठक पोरखे लेकमा सम्पन्न

  • मङ्लबार, माघ १७, २०७९
बडिमालिका ७ को १२ औँ बैठक पोरखे लेकमा सम्पन्न

बाजुरा — बडिमालिका नगरपालिका वडा न ७ को वडा समितिको बैठक पोरखे लेकमा सम्पन्न भएको छ । पोरखे लेकको पर्यटन प्रबद्धन गर्ने उदेस्यले सो बैठकको आयोजना गरिएको हो ।
बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायको अध्यक्षतामा १२ औँ बैठक सम्पन्न भएको वडाअध्यक्ष धर्मराज पाध्यायले बताएका छन । सो बैठक बडिमालिका नगरपालिका नगर उप प्रमुख नन्दा थापाको प्रमुख आतिथ्यमा रहेको वडाअध्यक्ष पाध्यायले बताए । अतिथिमा बडिमालिका २ का वडा अध्यक्ष डम्मर महत रहेका थिए भने ।

बैठकमा वडा सदस्यहरुकाे सहभागितामा साे बैठक सम्पन्न भएकाे वडा अध्यक्ष पाध्यायले बताए  । पोरखे लेक पर्यटन प्रबद्धनका उचित गन्तब्य भएकोले सो ठाउँको पर्यटन प्रबद्धन गर्न वडा कार्यालय र नगरपालिकाले साे क्षेत्रकाे बिकासमा नगरपालिका लागिपर्ने नगर उप प्रमुख नन्दा थापाले बताएकी छन ।

No description available.

नजिकै कालाजग्रा र पाेरखे लेक आसपासका फाटहरुले त्याहाकाे रमणीय र सुन्दर क्षेत्रकाे रुपमा रहेकाे छ ।   पाेरखे लेकलाइ पर्यटन प्रबद्धन गर्ने उदेस्यले साे बैठककाे आयाेजना गरिएकाे  वडा सदस्य लाेकेन्द्र राेकायाले बताए । याे समय पाेरखे लेक हिउले सिगारिएकाे छ र प्रत्यक दिन आन्तरिक पर्यटकहरुकाे मुख्य आकर्सक बन्दै गएकाे पाइन्छ ।

चर्चामा

सम्बन्धित समाचार