शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • १० गतेकाे भुकम्पका कारण जिल्ला समन्वय समिति बाजुराको कार्यालय छियाछिया

१० गतेकाे भुकम्पका कारण जिल्ला समन्वय समिति बाजुराको कार्यालय छियाछिया

  • सोमवार, माघ १६, २०७९
१० गतेकाे भुकम्पका कारण जिल्ला समन्वय समिति बाजुराको कार्यालय छियाछिया

 बाजुरा — माघ १० गते गएको भुकम्पका कारण जिल्ला समन्वय समितिको भवन चर्किएको छ । बाजुराको हिमाली गाउँपालिकालाई केन्द्रबिन्दु भएर गएको ५ दशमलव ९ म्याग्नाचुट भुकम्पका कारण जिल्ला समन्वय समितिको कार्यालय भवन पुरै चर्किको र सोमबार दिउसो आफै एका तिरको भित्ता समेत भत्किएको हो । सोमबार दिउसो कार्यालयमा रहेको बेला भवनको बायातिर समन्वय प्रमुखको कार्यकक्ष पछाडीको भित्ता भत्किएको जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले बताए । १० गतेको भुकम्पले चिरा चिरा परेकाे  र आज बिहान एकएक भित्ताहरु भत्किीदै गएको समन्वय प्रमुख रोकायाले बताए ।

No description available.
जिल्ला समन्वय समितिको भवन २०५६ सालमा बनेको र पुरानो बन्दै गएकोले भुकम्पका कारण निकै जोखीममा रहेको थियो अव त कुन दिन भत्किने हो समन्वय प्रमुखले भने । यसको तत्काल ब्यबस्थापन नहुने भने कार्यालय संचालनमा समेत समस्या हुने जिल्ला समन्वय समितिको कार्यालयका प्राबिधीक हिरा रोकायाले बताए ।

No description available.
भवन आफैमा जिणर् बनेको र यसको तत्काल ब्यवस्थापन नहुने हो भने पनि बर्षाको समयमा आफै भत्किएर जाने देखीएको प्राबिधीकहरुले बताएका छन ।

No description available.
सोमबार देखी कार्यालयको कामकाजमा समेत समस्या भइसकेको कायालयका नासु गौरीकान्त संज्यालले बताए । १० गतेको भुकम्पले छिया छिया भएको भवन आजदेखी आफै भत्किन सुरु भईसकोले दैनिक कामकाजमा समेत समस्या हुने उनले बताए । कार्यालय भवनका सबै काेठाहरु जाेखीममा रहेका छन ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

चर्चामा

सम्बन्धित समाचार