बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • इरान र अजरबैजानमा भूकम्पमा परी ५ जनाको मृत्यु ८०० जना भन्दा धेरै घाइते

इरान र अजरबैजानमा भूकम्पमा परी ५ जनाको मृत्यु ८०० जना भन्दा धेरै घाइते

  • आइतवार, माघ १५, २०७९
इरान र अजरबैजानमा भूकम्पमा परी ५ जनाको मृत्यु ८०० जना भन्दा धेरै घाइते

काठमाडौं –  शनिबार राति गएको शक्तिशाली भूकम्पमा परेर इरानमा कम्तिमा पनि ३ जना र अजरबैजानमा २ जनाको मृत्यु भएको छ । दुवै देशमा गरेर ८०० जना भन्दा धेरै घाइते भएका छन् ।

घाइते हुनेमा इरानमा ३०० जना र अजरबैजानमा ५०० जना छन् ।

इरानको उत्तर पश्चिम कोय भन्ने ठाउँमा केन्द्रबिन्दु बनाउर ५.९ रेक्टरको भूकम्प गएको हो । जसको झड्का छिमेकी देश अजरबैजानका साथै टर्की, इराक तथा अर्मेनियामा पनि महसुस भएको छ ।

भूकम्पका कारण इरान र अजरबैजानमा धेरै घर भत्केका छन् ।

चर्चामा

सम्बन्धित समाचार