शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • भुकम्प गएको ३ दिन बित्दा पनी क्षेती बिवरण स‌कलनमा ढिलाइ

भुकम्प गएको ३ दिन बित्दा पनी क्षेती बिवरण स‌कलनमा ढिलाइ

  • बिहिबार, माघ १२, २०७९
भुकम्प गएको ३ दिन बित्दा पनी क्षेती  बिवरण स‌कलनमा ढिलाइ

बाजुरा — बाजुरामा भुकुम्प गएको ३ दिन वित्न लाग्दा समेत भुकुम्प पिडितको उद्धार र क्षतिको एकिन विवरण संकलन गर्न सकिएको छैन् । जसका कारण भुकुम्प पिडितहरु थप समस्यामा परेका छन् ।
बाजुराको हिमाली गाउँपालिकाको विच्छ्या केन्द्रविन्दु भएर मंगलबार दिउसो २ बजेर ४३ मिनेटमा गएको ५ दशमलव ९ रेक्टर स्केलको भुकुम्पका कारण बाजुराको गौमुल गाउँपालिका वडा नम्वर २ कि ३२ वर्षिया जमुना रोकायाको भिरबाट खसेको ढुंगा लागेर मृत्यु भयो भने गौमु गाउँपालिकाकै वडा नम्वर १ का ३५ वर्षका राजदल बोहरा, बडीमालिका नगरपालिका २ कि ४५ वर्षिया चन्दा महत र हिमाली गाउँपालिकाकी सरिता नेपाली घाईते भईन भने गौमुलमा ३५ वटा पशुचौपाया मरेका छन् ।
भुकुम्प गएको ३ दिन वित्न लाग्दा समेत स्थानीय प्रशासनले पिडितहरुलाई राहत तथा उद्धार र क्षतिको एकिन विवरण संकलन गर्न नसक्दा पिडितहरुको त्रिपालमुनि बास छ । केही विस्थापित परिवार भने मन्दिर तथा आफन्तहरुको घरमा आश्रय लिएर बसिरहेका छन् ।
बडीमालिका नगरपालिका ९ अनाईकि परु चँदारा र सुना चंदाराको परिवार भने भुकुम्पका कारण विस्थापित बनेपछि सोही दिनदेखि त्रिपाल टाँगेर खुलाआकासमुनी बसिरहेका छन् । चंदाराको अन्य ठाउँमा बस्ने घर छैन् । अहिले उनको परिवार राहतको पर्खाइमा छन् ।
भुकुम्पका कारण अहिलेसम्म सयौं घरहरु विस्ताथित बनेका छन् । भुकम्पको केन्द्रविन्दु रहेको विच्छ्यामा अहिले सम्म के कति क्षती भयो त्यस्को कुनै जानकारी लिन सकिएको छैन् । भुकुम्प गएकै दिनदेखि बाजुरा जिल्ला भौगोलिक रुपमा विकट भएकोले क्षतीको विवरण संकलन र राहत तथा उद्धार कार्य गर्न नसकिएको जिल्ला भर उद्धारका लागि टोली खटाईएको जिल्ला विपद् व्यवस्थापन समिति बाजुराले बताएको छ ।
भुकुम्प पिडितलाई तत्कालको लागि राहत र अस्थायी बसाई व्यवस्थापनको लागि स्थानीय सरकारले समेत खाद्यान्न, त्रिपाल लुगा कपडा भाडाकुडाको व्यवस्थापन गर्न सकेको छैन् ।
बाजुराका ९ मध्ये ८ वटा पालिकाका सयौँ घरपरिवार भूकम्पबाट प्रभावित छन्, हिउँदको चिसो समय भएकाले पिडितहरु थप समस्यामा परेका छन् । भूकम्प पीडित भन्छन् घरभित्र बस्न नसकिने भयो अव कहाँ गएर बस्ने भन्ने चिन्तामा छन् ।
भुकुम्पका कारण सवै भन्दा बढी बडीमालिका नगरपालिका, हिमाली र गौमुल गाउँपालिकामा ६० वटा घर पूणर् रुपमा भत्केका छन् । ति घरमा बस्ने सवै आफन्तको सहारामा त्रिपालमुनी बास वसिरहेका छन् । त्यस्तै आंसिक ५९ र सामान्य १०३ घरमा क्षेति भएको छ । सरकारी भवन ५ वटामा क्षति पुगेको छ । कारागार सुरक्षा गार्डको व्यारेक, प्रहरी चौकी विच्छ्या, प्रहरी चौकी कुन्नाको भवनहरु समेत जोखिम अवस्थामा रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार