शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • समाजभित्र किन मरेपछि उपचार गर्छन्

समाजभित्र किन मरेपछि उपचार गर्छन्

  • बुधबार, माघ ४, २०७९
समाजभित्र किन मरेपछि उपचार गर्छन्

समाजभित्र किन मरेपछि उपचार गर्छन्,
याहाँ सधैभरी रूढीवादी व्यवहार गर्छन्।

न कसैको मर्म बुझ्छन् न कर्तव्य कसैले,
सच्चाईलाई पाखा लगाई सत्कार गर्छन्।

बुनेकै छ मानिसले भुलभुलैयांको जालो,
समाजमा कुरितीको सधै व्यापार गर्छन्।

कसैको हृदय टुक्रा-टुक्रा हुन्छ समाजमा,
कसैले जातिको नाममा कारोवार गर्छन्।

भन्छन् कुरिती फैलीयो चिन्दैनन् गोरेटो,
उही गलती किन उनैले बारमबार गर्छन्।

संसार भरी हुँदै नभयको कुरितीको पछि,
मानिसले आपसमै किन नरशंहार गर्छन्।

चर्चामा

सम्बन्धित समाचार