• होमपेज
  • राजनीति
  • स्ववियु निर्वाचनमा लाग्न एमालेको निर्देशन

स्ववियु निर्वाचनमा लाग्न एमालेको निर्देशन

  • मङ्लबार, माघ ३, २०७९
सेयर गर्नुहोस् :
स्ववियु निर्वाचनमा लाग्न एमालेको निर्देशन

नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका छन्। अनेरास्ववियुले आज यहाँ आयोजना गरेको ‘स्ववियु निर्वाचन विशेष प्रशिक्षण कार्यक्रम’ मा उनले स्ववियुको आफैँमा नेतृत्वको विकासको फोरमको रुपमा रहेको भन्दै एक दशकदेखि हुन नसकेको स्ववियु निर्वाचन गराउन सबै लाग्नुपर्ने भनाइ राखे ।

“स्ववियु निर्वाचन तोकिएको समयमा हुनु पर्दछ,” उनले भने, “स्ववियु निर्वाचन टुटने क्रममा नेतृत्व उत्पादन पनि टुटेको छ । नेतृत्व खारिएर निर्माण हुने प्रक्रियाभन्दा पनि एकप्रकारकोे लहरले नेतृत्व निर्माण भइरहेको छ ।”

“हामीलाई कहिले संविधानवाद र कहिले संसद्वाद भनेर जनतासमक्ष जान रोकिन्छ । लोकतन्त्र भनेको जनताबाट म्यान्डेड प्राप्त गरेर गर्ने शासन व्यवस्था हो । एमाले सधैँभरि जनतामाथि भरोसा गर्ने पार्टी हो,” उनले भने, “जनतालाई केन्द्रविन्दुमा राखेर शासन गर्ने पार्टी एमाले हो ।”

राजनीतिक परिवर्तनले समाजको आकाङ्क्षालाई पूरा गर्न नसक्ने भन्दै उनले राष्ट्रिय पूँजीको निर्माण भएपछि मात्र मुलुकमा समाजवादको निर्माण हुने बताए ।

चर्चामा

सम्बन्धित समाचार