शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरा सदरमुकाममा रहेकाे समता स्कुललाइ अनुमती दिने नगरपालिकाकाे निर्णय

बाजुरा सदरमुकाममा रहेकाे समता स्कुललाइ अनुमती दिने नगरपालिकाकाे निर्णय

  • शुक्रबार, पुस २९, २०७९
बाजुरा सदरमुकाममा रहेकाे समता  स्कुललाइ अनुमती दिने नगरपालिकाकाे निर्णय

बाजुरा — बाजुराको सदरमुकाम मार्तडीमा रहेको समता एजुकेशन फाउण्डेसनबाट संचालित समता स्कुलले अनुमती पाउने भएको छ । नगरपालिकाको नगर सभा सम्पन्न पश्चात पत्रकार सम्मेलन मार्फत नगर सभाले ल्याएका ऐन नियमावली र कार्यपालिकाको बैठकका निणर्य सार्बजनिककरण गर्दा सो निणर्य पनि गरिएको पाईएको छ । बडिमालिका नगरपालिकाको १२ औँ नगर सभाले फाउण्डेसनलाई कक्षा १ देखी कक्षा ५ सम्मको पठनपाठनका लागि अनुमती दिने निणर्य गरेको पत्रकार सम्मेलन मार्फत जानकारी गराईको हो ।

समता एजुकेशन फाउण्डेशनको स्थतलगत अनुगमन र आबस्यक कागजातका आधारमा अनुमति दिन मनासिव भएकोले सो स्कुललाई अनुमती दिने निणर् गरिएको बडिमालिका नगरपालिकाले जनाएको छ । यस अघि नगरपालिकाले समता एजुकेशन फाउण्डेशनद्धारा संचालित समात स्कुललाई अनुमती दिन मानीरहेको थिएन । समतामा धेरै बालबालिकाको पढ्ने भएकोले नगरपालिका भित्रका बालबालिकाको भबिस्यका लागि भए पनि सो स्कुललाई अनुमती दिनुपर्ने देखीएकोले अनुमती दिने निणर्य गरेको बडिमालीका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खडेकाले बताए ।
त्यसै गरी शुक्रबार सम्पन्न नगरसभाले यस अघि ल्याएको नगर शिक्षा नियमावली पहिलो संशोधन बिधायक कार्यबिधी पारीत गरेको छ । नगर शिक्षा कार्यबिधीमा केही दायराहरु बढाउनुपर्ने देखीएकोले सो कार्यबिधी संशोधन गरिएको पत्रकार सम्मेलन मार्फत नगर प्रबक्ता धर्मराज पाध्यायले बताएका थिए ।
नगर अधिबेशनमा एक्बुलेन्स संचालन कार्यबिधी २०७९, आपतकालिन कार्य संचालन कार्यबिधी २०७९, भु उपयोग कार्यबिधी, एकल पुरुष, एकल महिला तथा ग बर्गका अपाङ्गहरुलाई भत्ता बितरण सम्बन्धी कार्यबिधी नगर सभाले पास गरेको नगरपालिकाका प्रबक्ता धर्मराज पाध्यायले पत्रकार सम्मेलनमार्फत जानकारी गरेका छन ।
त्यसै गरी सुचना तथा संचार प्रबिधी प्रयोग सम्बन्धी कार्यबिधी, होमस्टे संचालन कार्यबिधी, अन्तर स्थानिय तह समन्वय समिति कार्यबिधी, नगर स्थरिय खेलकुद बिकास तथा ब्यबस्थापन कार्यबिधी २०७९ लाई समेत कार्यन्वयनका लागि नगरसभा बाट पास गरेको प्रमुख प्रशासकिय अधिकृत विकले बताएका छन ।
शिक्षण सिकाई सहयोगका लागि बिद्यालयलाई एकमुष्ट अनुदान तथा शिक्षक नियुक्ती सम्बन्धी कार्यबिधी, बिषयगत समितिको कार्यसंचालन बिधायक, उपचार सहयता सहयोग कार्यबिधी, आदिबासी जनजाती समन्वय समिति गठन तथा परिचालन कार्यबिधी र बिद्यालय घुम्ती खेलकुद संगित स्वास्थ्यकर्मी स्टाप नर्स संचालन कार्यबिधी २०७९ पारित गरिएको नगरपालिकाले जनाएको छ ।
बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काको अध्यक्षतामा संचालन भएको पत्रकार सम्मेलनको संचालन तथा निणर्य सार्बजनिक नगर प्रबक्ता धर्मराज पाध्यायले गरेका थिए । कार्यक्रममा नगर उप प्रमुख नन्दा थापा, प्रमुख प्रशासकिय अधिकृत रंगमल विक लगायत वडाअध्यक्ष कार्यपालिका सदस्य र पत्रकारहरुको सहभागिता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार