शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • सुदूरपश्चिममा एमाले नेता रावलद्वारा मुख्यमन्त्रीमा दाबी पेस

सुदूरपश्चिममा एमाले नेता रावलद्वारा मुख्यमन्त्रीमा दाबी पेस

  • बुधबार, पुस २७, २०७९
सुदूरपश्चिममा एमाले नेता रावलद्वारा मुख्यमन्त्रीमा दाबी पेस

धनगढी — सुदूरपश्चिम प्रदेशमा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । प्रदेश प्रमुख देवराज जोशीसमक्ष एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा एमाले सांसद रावलले मुख्यमन्त्रीमा दावी पेस गरेका हुन् । प्रदेश प्रमुखले सुदूरपश्चिम प्रदेशसभामा कुनै एक दलको बहुमत नभएकाले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा दाबी पेस गर्न बुधबार अपराह्न ५ बजेसम्मको समय दिएका थिए ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनका लागि २७ सांसदको आवश्यकता पर्छ । एमाले नेता रावलको समर्थनमा एमाले १०, माओवादी केन्द्र ११, नागरिक उन्मुक्ति ७ र राप्रपा एक गरी २९ सांसद पुगेका हुन् । प्रदेश सभामा एमाले तेस्रो ठूलो दल हो ।

चर्चामा

सम्बन्धित समाचार