सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • बडिमालिका
  • प्रदेश कृषि कार्यक्रम कार्यान्वयन तथा समन्वय सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रदेश कृषि कार्यक्रम कार्यान्वयन तथा समन्वय सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • सोमवार, पुस २५, २०७९
प्रदेश कृषि कार्यक्रम कार्यान्वयन तथा समन्वय सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

टेक बहादुर बुढा/बाजुरा — प्रदेश कृषि कार्यक्रम प्रभावकारी कार्यान्वयन तथा समन्वय सम्बन्धी अन्तरक्रिया कार्यक्रम मार्तडीमा सम्पन्न भएको छ । आइतबार एक औपचारिक कार्यक्रमको आयोजना गरि सो अन्तरक्रिया गोष्ठी सम्पन्न भएको हो । कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख हरि प्रसाद पनेरु को अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अथिति बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्का रहेका थिए । बिशिष्ट अथितिमा बुढिनन्दा नगरपालिकाका नगर प्रमुख जनक बोहोरा, त्रिवेणी नगरपालिकाका नगर प्रमुख कणर् बहादुर थापा, बुढिगंगा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानिया रहेका थिए ।

अथितिमा भूमि व्यवस्था सुधार तथा सहकारी योजना शाखा प्रमुख टिकाराम थापा,डिभिजन वन कार्यालयका प्रमुख भोजराज पाठक, जिल्ला समन्वय समिति बाजुराका सदस्य हिक्मत थापा, भूमि व्यवस्था सुधार तथा सहकारी मन्त्रालयका कृषि प्रसार अधिकुत गंगादत्त अवस्थी, खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दिल बहादुर रावत, गौमुल गाउँपालिकाका उपाध्यक्ष सिता थापा, हिमाली गाउँपालिकाका उपाध्यक्ष राजकला सार्की र अन्य पालिकाका प्रमुख तथा उपप्रमुखहरु, लगायत अन्य अथिति रहेका थिए ।
अन्तरक्रिया कार्यक्रममा कृषि विकास निर्देशनालय र कृषि ज्ञान केन्द्रको आर्थिक बर्षको कार्यक्रम, स्थानीय तहको कार्यक्रम, कृषि कार्यक्रम सञ्चालनका लागी स्थानिय सरकार र प्रदेश सरकार बिच समन्वय एवम सहकार्य बढाउने र आगामी आर्थिक बर्षको कार्यक्रम तर्जुका लागी सुझाव संकलनका बारेमा जानकारी गराईएको थियो ।

उक्त अन्तरक्रिया कार्यक्रमको प्रशिक्षण टिकाराम थापाले गरेका थिए । कार्यक्रमको प्रशिक्षण गर्दै थापाले भने सुदुरपश्चिम प्रदेश कृषि क्षेत्रमा अधिक सम्भावना बोकेको क्षेत्र भए पनि याँहा जलबायु परिवर्तन, भौगोलिक बिकटताका साथै कृषिमा आधुनिकिरण गर्न नसकेकाले कृषि क्षेत्र फस्टाउन नसकेको बताए । उनले भने यस प्रदेशमा उपलब्ध जलवायु र भौगोलिक बिविधताको अधिकतम प्रयोग गरि कृषि क्षेत्रलाई प्रमुख आर्थिक तथा रोजगारीको अवसर सिर्जना गर्न सकिने बताए ।

कार्यक्रममा कृषि विकास निर्देशनालय दिपायल डोटीकाे कृषि सम्पन्धी कार्यविधि  समेत प्रस्तुत गरिएकाे थियाे ।
अन्तरक्रिया कार्यक्रममा कृषि ज्ञान केन्द्रको आर्थिक बर्षको कार्यक्रम र स्थानीय तह अन्तर्गत कृषि विकास शाखा गौमुल गाउँपालिकाको आर्थिक बर्षको कार्यक्रम  कृषि सम्बन्धी विनियोजित बजेटको कार्यविधि र कृषि क्षेत्रका लागि छनोट भएका कार्यक्रममाको बारेमा  गौमुल गाउँपालिका कृषि शाखाका कर्मचारी रमेश विकले प्रस्तुत गरेका थियो ।  सोही कार्यक्रममा युनाईटेड इन्स्योरेन्स बाजुरा शाखा इन्चार्ज नितेश शाहीले कृषि बालीको विमा तथा पशुहरुको विमाका बारेमा प्रस्तुतिकरण गरेका थिए । 

प्रदेश बाट कृषिका लागि आएका योजनाहरुको सहि तरिकाले अनुगमन नभएको हुदा उक्त योजनाहरुको सहि अनुगमन गर्नुपर्ने र कृषि कार्यका लागि बिजियोजित बजेट र दिइएका योजनाहरुलाई सहि तरिकाबाट अगाडी बढाउनु पर्ने  बिषयमा सहभागिहरुले जाेड दिएका थिए । प्राय जसाे प्रदेश बाट कृषि क्षेत्रका लागि अाउने याेजना सहि ठाउँमा सदुपयाेग नभएकाे समेत जनप्रतिनिधिहरूले गुनासाे गरेका थिए ।

विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका कर्मचारी, पत्रकार लगायत अन्य व्यक्तित्वहरुको सहभागीता रहेको अन्तरक्रिया कार्यक्रमको सञ्चालन कृषि विकास निर्देशनालय दिपायलका जगदिस भट्टले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार