शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • कैलालीमा करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

कैलालीमा करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

  • बिहिबार, पुस २१, २०७९
कैलालीमा करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

धनगढी – कैलालीमा एक जना फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्लाको कैलारी गाउपालिका- ३ बस्ने छोटेलाल चौधरीलाई बुधवार साँझ ५ बजे प्रहरी सहायक निरिक्षाक मदन राज उपाध्यायको कमाण्डमा खटिएको विशेष प्रहरी टोलिले घर नजिकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

जिल्ला अदालत कैलालीले चौधरीलाई २०७६/११/०५ गते जबरजस्ती करणी मुद्दामा ६ वर्ष ११ महिना कैद सजाय सुनाएको थियो। उनलाई आज जिल्ला अदालत कैलालीमा बुझाइने प्रहरीले जनाएको छ।.

चर्चामा

सम्बन्धित समाचार