शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • प्रदेश ७
  • भूकम्प प्रभावितको तथ्याङ्क सङ्कलन गर्न प्राधिकरणको टोली डोटीमा

भूकम्प प्रभावितको तथ्याङ्क सङ्कलन गर्न प्राधिकरणको टोली डोटीमा

  • बुधबार, पुस २०, २०७९
भूकम्प प्रभावितको तथ्याङ्क सङ्कलन गर्न प्राधिकरणको टोली डोटीमा

डोटी – भूकम्पले पु¥याएको क्षतिको तथ्यांक संकलन गर्न विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली डोटी पुगेको छ। प्राधिकरणको टोली भूकम्प गएको दुई महिनापछि मात्र प्रभावित क्षेत्रमा पुगेको हो।

कात्तिक २३ गते डोटीको खप्तड बाबा आश्रमलाई केन्द्रबिन्दु बनाएर गएको ६ दशमलब ६ रेक्टरस्केलको भूकम्पले पु¥याएको क्षतिको विस्तृत तथ्यांक संकलन गर्न प्राधिकरणको टोली प्रभावित क्षेत्रमा पुगेको छ। भूकम्पले पु¥याएको क्षतिको विस्तृत विवरण संकलन गर्नुका साथै स्थानीय प्राविधिकहरुलाई अभिमुखीकरण गर्न टोली डोटी आइपुगेको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी गराए।

विस्तृत अध्ययनको लागि प्राधिकरणकबाट १३ जनाको जियोलोजिस्ट, हाईडोलोजिस्ट, ईस्टक्चर इन्जिनियर, आर्किटेक्चर इन्जिनियर, सिभिल इन्जिनियरसहितको टिम प्रभावित क्षेत्र पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्राधिकरणको टिमले आजैबाट आफ्नो काम कारवाही अघि बढाउने समेत बताइएको छ।

कात्तिक २३ गते बुधवार राति २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पमा परि पूर्वीचौँकी गाउँपालिका–३ गैरागाउँका ६ जनाको ज्यान गएको थियो। ७ जना घाइते भएका थिए। भूकम्पबाट ८ घरमा पूर्ण क्षति पुगेको थियो भने दर्जनौँ घरमा आंशिक क्षति पुगेको थियो।

विस्तृत अध्ययनपछि तथ्यांक संकलन गरेर मूल्यांकलनको आधारमा सहयोगको लागि सम्झौता गरिने प्राधिकरणले जनाएको छ। प्रशासन कार्यालयको तथ्यांक अनुसार जिल्लाभिरमा भूकम्पका कारण कम्तिमा पनि पाँच हजार घरहरुमा पूर्ण तथा आंशिक रुपमा क्षति पुगेको छ।

सबैभन्दा बढी दिपायल सिलगढी नगरपालिकामा र सबै भन्दा कम बोगटान फुडसिल गाउँपालिकाका घरहरुमा क्षति भएको छ। पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँका भूकम्प पीडितहरु अहिले पनि खुला चौरमा रात बिताउन बाध्य छन्।

चर्चामा

सम्बन्धित समाचार