बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • निता राउत फाउण्डेशन द्वारा गौमुलमा न्यानो कपडा बितरण

निता राउत फाउण्डेशन द्वारा गौमुलमा न्यानो कपडा बितरण

  • आइतवार, पुस १७, २०७९
निता राउत फाउण्डेशन द्वारा गौमुलमा न्यानो कपडा बितरण

बाजुरा–बाजुराको गौमुल गाउँपालिकामा निता राउत फाउण्डेशनले बिद्यार्थीलाई न्यानो लुगा वितरण गरेको छ ।
फाउण्डेशनले गौमुल गाउँपालिकाको १ मा रहेको प्रभात आधारभुत विद्यालयका ५० जना विद्यार्थीहरुलाइ न्यानो लुगा वितरण गरेको फाउण्डेशनका अध्यक्ष निता राउतले वताएकी छन् । चिसोको समयलाइ मध्यनजर गर्दै दुर्गमका बालवालिकालाई सहयोग गरेको रावतले बडिमालिका खबर सँग बताएकि छन् ।
फाउण्डेसनको सहयोगमा बिद्यार्थीलाई न्यानो पोशाक, ज्याकेट, टोपि र मोजा वितरण गरेको गौमुल गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायाले वताएका छन् । निता राउत फाउण्डेशन २०७४ साल देखी नेपालका बिभिन्न ठाउँमा सामाजिक कार्य गर्दै आएको छ । फाउण्डेशनले गत बर्ष गौमुल गाउँपालिका ३ मा पनि सहयोग गरेको थियो । बिद्यार्थीलाई न्यानो लुगाकपडा सँगै बयबुद्धलाइ पनि न्यानो लुगा सहयोग गर्दै आएको अध्यक्ष रावतले वताईन् ।

चर्चामा

सम्बन्धित समाचार