शुक्रबार, बैशाख १४, २०८१

कस्तो छ आजको मौसम?

  • आइतवार, पुस १७, २०७९
कस्तो छ आजको मौसम?

हाल देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही पश्चिम तराईका केही र मध्य तथा पूर्वी तराईका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

महाशाखाका अनुसार आइतबार दिउँसो देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली तथा बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। यस क्रममा प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशको हिमाली भेगका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

यस्तै आज राति देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली तथा बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भेगका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना तथा तराईका केही भूभागमा हुस्सु/कुहिरो लाग्ने र दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध छ।

यसैबीच आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.७ डिग्री रहेको महाशाखाका मौसमविद् राजु प्रधानांगले जानकारी दिए।

प्रधानाङ्गका अनुसार हिजो शनिबारभन्दा आज उपत्यकाको न्यूनतम तापक्रम झन्डै १ डिग्री बढेको हो। हिजो शनिबार उपत्यकाको न्यूनतम तापक्रम ३.८ डिग्री सेल्सियस थियो।

चर्चामा

सम्बन्धित समाचार