शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सेलिब्रेटी
  • आज राष्ट्रिय टोपी दिवस धनगढीमा पनि मनाईदै

आज राष्ट्रिय टोपी दिवस धनगढीमा पनि मनाईदै

  • आइतवार, पुस १७, २०७९
आज राष्ट्रिय टोपी दिवस धनगढीमा पनि मनाईदै

धनगढी –सुदूर नेपाल संस्कृति सेवा समाजले राष्ट्रिय टोपी दिवसमा धनगढीमा प्रभातफेरी गरेको छ। नेपाली टोपीको प्रयोग बढाउने भन्दै धनगढीमा प्रभातफेरी गरिएको समाजले जनाएको छ।

समाजका सल्लाहकार पूर्णबहादुर बुढाथोकीका अनुसार प्रभातफेरी गर्दै नेपाली टोपी लगाएको टोलीले मुख्यमन्त्री कार्यालय, जिल्ला प्रशासन कार्यालय कैलाली र उपमहानगरपालिकामा गएर मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रमुख जिल्ला अधिकारी किरण थापा र धनगढीका नगरप्रमुख गोपाल हमाललाई नेपाली टोपी लगाउने कार्यक्रम रहेको बुढाथोकीले बताए।

आज राष्ट्रिय टोपी दिवस मनाएर टोपीको प्रयोग बढाएर स्वदेशी उद्योग लाई टेवा दिने सोच समाजको रहेको समाजका अध्यक्ष हेम अधिकारीले बताए।

चर्चामा

सम्बन्धित समाचार