सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • युक्रेनसँगको द्वन्द्वका लागि रुस जिम्मेवार नभएको पुटिनको भनाई

युक्रेनसँगको द्वन्द्वका लागि रुस जिम्मेवार नभएको पुटिनको भनाई

  • बिहिबार, पुस ७, २०७९
युक्रेनसँगको द्वन्द्वका लागि रुस जिम्मेवार नभएको पुटिनको भनाई

काठमाडौं –  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धका लागि रुसलाई जिम्मेवार ठहराउनु उचित नभएको बताएका छन्। उनले यो द्वन्द्व दुवै देश ‘त्रासदीको हिस्सा’ भएको टिप्पणी गरेका हुन्। एक वरिष्ठ सैन्य अधिकारीसँगको टेलिभिजन संवादमा उनले युक्रेनलाई आफूले भाइजस्तै सम्झने बताए। उनले यो द्वन्द्वको कारक रुस नभएर तेस्रो मुलुकको नीति रहेको जिकिर गरे।

सोभियत विघटनपछि विभाजित राष्ट्रहरूलाई पश्चिमा देशहरूले ‘ब्रेनवास’ गरेको र यसको सुरुवात युक्रेनबाट भएको बताए। ‘वर्षौंसम्म रुसले युक्रेनसँग असल छिमेकी र भाइको रूपमा सम्बन्ध बनाउने प्रयास ग¥यो, सस्तोमा ऋण दियौं, तर यसले काम गरेन।’

‘अहिले जे भइरहेको छ त्यो एक त्रासदी हो, तर यो हाम्रो गल्ती होइन,’ उनले अगाडि थपे। पुटिनसँग संवादमा रहेका सैन्य अधिकारीले २०२३ सम्म विशेष सैन्य अपरेशन जारी राख्ने बताए। पुटिनले रुस पैसा खर्च गर्न तयार रहेको र त्यसको कुनै सीमा नभएको बताए।

चर्चामा

सम्बन्धित समाचार