शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • फुटबल
  • मेसीले सार्वजनिक गरे विश्वकप ट्रफीसँगै सुतेको तस्बिर

मेसीले सार्वजनिक गरे विश्वकप ट्रफीसँगै सुतेको तस्बिर

  • बुधबार, पुस ६, २०७९
मेसीले सार्वजनिक गरे विश्वकप ट्रफीसँगै सुतेको तस्बिर

अर्जेन्टिनाका कप्तान लिओनल मेसीले फिफा विश्वकपको ट्रफीसँगै सुतेको तस्बिर सार्वजनिक गरेका छन्। फिफा विश्वकप २०२२ को विजेता बनेर अर्जेन्टाइन टिम सोमबार राति स्वदेश पुगेको थियो।

स्वदेश पुगेपछि मेसीले सामाजिक सन्जालमार्फत् विश्वकपको ट्रफीसँगै सुतेको तस्बिर सार्वजनिक गरेका हुन्। यसअघि आइतबार भएको फिफा विश्वकप २०२२ को उपाधि भिडन्तमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित गर्दै च्याम्पियन बनेको थियो।

अर्जेन्टिनाले ३६ वर्षपछि उपाधि जित्दा मेसीले पहिलो पटक ट्रफी उचाल्ने अवसर पाएका थिए। विश्वकपमा मेसीले गोल्डेन बल समेत जितेका थिए।

चर्चामा

सम्बन्धित समाचार