काठमाडौं : साताको पहिरो कारोबार दिन सुनको मूल्य बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार ६ सयले बढेर प्रतितोला सुनको मूल्य १ लाख ५ सय पुगेको हो।
यसदिन सुन तोलामा ६ सय रुपैयाँले बढेको हो। यसअघि मंसिर २५ गते सुनको भाउ प्रतितोला १ लाख ५ सय पुगेको थियो।
यसअघि शुक्रबार सुन तोलामा ४ सयले घटेर ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
आज तेजावी सुनको मूल्य १ लाख पुगेको छ।
आज प्रतितोला चाँदी १३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।