शनिबार, जेष्ठ १२, २०८१
  • होमपेज
  • समाचार
  • मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा आंशिक बदली, तराईमा हुस्सुको सम्भावना

मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा आंशिक बदली, तराईमा हुस्सुको सम्भावना

  • बुधबार, मंसिर २८, २०७९
मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा आंशिक बदली, तराईमा हुस्सुको सम्भावना

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहेको छ ।

आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ। राती प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहनेछ ।

तराईका केही भू-भागमा बिहानीपख हुस्सु लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार