मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • कला /साहित्य
  • अब फेरी अध्यादेशले आधार बनाउंछ

अब फेरी अध्यादेशले आधार बनाउंछ

  • सोमवार, मंसिर २६, २०७९
अब फेरी अध्यादेशले आधार बनाउंछ

अब फेरी अध्यादेशले आधार बनाउंछ,
आपसी शंघर्षमै पनि मारामार गराउंछ।

रमाइलो भयो यो देशमा तमाशा बनायो,
गठबन्धनमा यस्ले नै फेरी दरार गराउंछ।

ततायो भाई आफ्नै घर पोलेर अरूलाई,
यसैले त हाम्रो देशको बेडा पार गराउंछ।

न क्रान्ती हुन्छ न भित्केको टाल्यौं हामी,
नेताको अप्राधी संग किन प्यार गराउंछ।

शहिदहरू ले प्राण दिएर गणतन्त्र ल्याए,
यंहा अप्राधीहरू मिलेर सरकार गराउंछ।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार