शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विचित्र संसार
  • बिजुलीको बिल एक महिनामा ३२ लाख आएपछि…

बिजुलीको बिल एक महिनामा ३२ लाख आएपछि…

  • आइतवार, मंसिर २५, २०७९
बिजुलीको बिल एक महिनामा ३२ लाख आएपछि…

भारतको हरियाणामा बस्ने एक महिलाको घरमा एक महिनाको बिजुलीको बिल २१ लाख भारु आयो । एउटा सामान्य घरमा एक महिनाको बिजुलीको बिल झण्डै २२ लाख भारु आउनु अस्वभाविक थियो । त्यसैले ती महिला विद्युत अफिसमा गइन् र अस्वभाविक बिल निकालेको विरुद्धमा अनौठो तबरले विरोध प्रदर्शन गरिन् ।

विद्युत विभागको कार्यालय अगाडि बाजागाजासहित गएर उनले मिठाई पनि वितरण गरिन् । अनि आफूले करिब २२ लाख भारुको बिल तिर्न नसक्ने भन्दै आफ्नो घर सरकारलाई नै उपहार दिने घोषणा गरिन् ।

६५ वर्षकी सुमन नामकी ती एकल महिलाको घरमा २ किलोवाट लोडको गाह्र्रस्थ विद्यूत जडान थियो । तर घरमा २१ लाख ८९ हजार भारुको मासिक बिजुली बिल आएपछि उनले बिल भुक्तानी गर्नुको साटो घर नै सरकारको नाममा नामसारी गर्नुको विकल्प नरहेको ठानिन् ।

उनले विद्युत कार्यालयमा गरेको अनौठो विरोधको भिडियो सोसल मिडियामा भाइरल बनेको छ । त्यस क्रममा उनले सरकारलाई आफ्नो घर अफर गरेको पोस्टर पनि प्रदर्शन गरेकी थिइन् ।

त्यसमा लेखिएको थियो , ‘बिल भुक्तान गर्न असमर्थ भएका कारण मैले मेरो घर विद्यूत विभाग र हरियाणा सरकारको नाममा नामसारी गरिदिन चाहन्छु । साथै विद्युत विभागलाई खिसीट्युरी गर्दै कोटी कोटी धन्यवाद पनि लेखिएको थियो । एजेन्सीको सहयोगमा

चर्चामा

सम्बन्धित समाचार