आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • राजनीति
  • कोल्टिमा इलाका प्रशासन स्थापनाका लागि प्रदेश सांसद शाही र सिडियो बिच छलफल

कोल्टिमा इलाका प्रशासन स्थापनाका लागि प्रदेश सांसद शाही र सिडियो बिच छलफल

  • बुधबार, मंसिर २१, २०७९
कोल्टिमा इलाका प्रशासन स्थापनाका लागि प्रदेश सांसद शाही र सिडियो बिच छलफल

बाजुरा–बाजुराको कोल्टि क्षेत्रमा इलाका प्रशासन स्थापनाका लागि प्रदेश सांसद नरेश कुमार शाही र प्रमुख जिल्ला अधिकारी प्रकाशराज अधिकारी बिच छलफल भएको छ । बाजुराका पुर्वोउत्तरी क्षेत्रका चारवटा पालिकालाई नागरिकता देखी प्रशासन बाट लिने सेवा सुबिधा बाट टाढा रहेकाे भन्दै सांसद शाही प्रमुख जिल्ला अधिकारी कहाँ पुगेका थिए ।
सांसद शाहीले जिल्ला प्रशासन बाट इलाका प्रशासन स्थापना गर्नका लागि पहल गर्नु सिडियोलाइ निर्देशन गरेका थिए । शाहीले आफ्नो क्षेत्र बाट पहल गर्ने जिल्ला प्रशासन कार्यलय बाट गर्ने पहल कदमी गर्न प्रजिलाइ भनेका थिए । प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारीले इलाका प्रशासन स्थापना गर्नका लागि आफ्नो क्षेत्र बाट पहल गर्ने वताए ।
प्रमुख जिल्ला अधिकारी सँगै छलफलमा मार्तडी कोल्टि सडकखण्डको दानसागु र अनाइखोलामा बेलिब्रिजको स्थापनाका लागि पहल हुनुपर्ने शाहीले वताए । त्यस्तै मार्तडी कोल्टि सडकखण्डमा भाडा ब्यबस्थापन, उत्तरी क्षेत्रमा टेलिफोन ब्यबस्थापन, राष्ट्रिय बिद्युक्त प्रशारण लाईन बिस्तारका बारेमा छलफल भएको समाजवादीका एक नेताले वताएका छन् । क

चर्चामा

सम्बन्धित समाचार