आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • प्रदेश ७
  • बैतडीमा जिप दुर्घटना हुँदा बझाङका चार जना घाइते दुईको अबस्था गम्भीर [नामसहित]

बैतडीमा जिप दुर्घटना हुँदा बझाङका चार जना घाइते दुईको अबस्था गम्भीर [नामसहित]

  • बुधबार, मंसिर २१, २०७९
बैतडीमा  जिप दुर्घटना हुँदा बझाङका चार जना घाइते दुईको अबस्था गम्भीर [नामसहित]

अर्थ जङ्ग शाही  ,बझाङ – बैतडीमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । बुधबार बिहान जिल्लाको सूर्नया ६ दुदिलाखान नजिकै जिप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएका हुन् ।

घाइते हुनेमा बझाङको केदारस्युँ गाउँपालिका ५ का जिप चालक २० वर्षीय धनबहादुर गुरधामी, बझाङकै बुंगल नगरपालिका वडा नं ९ का ४५ वर्षीय नरपती पातली,७० वर्षीया काली पातली र नरमा पातली रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोक राज जोशीले जानकारी दिए ।

उनका अनुसार बुंगल नगरपालिका वडा नं ९ की ४५ वर्षीय नरपती पातली, ७० वर्षीया काली पातलीको अवस्था गम्भीर रहेको छ । घाइतेलाई उपचारका लागि डडेल्धुरा पठाइएको प्रहरी प्रवक्ता जोशीले बताए ।

बुधबार बिहान बझाङबाट डडेल्धुरा जाँदै गरेको से १ च १२२६ नं को जिप जयपृथ्वी राजमार्गमा पर्ने सूर्नया- ६ दुदिलाखान नजिकै दुर्घटना परेको हो । जिप सडकबाट करिब सय मिटर तल खसेको हो ।

चर्चामा

सम्बन्धित समाचार