बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीति
  • बझाङमा अगुवा कार्यकर्ता भेला,आफ्नो पक्षका कार्यकर्ता लाई प्रशिक्षण

बझाङमा अगुवा कार्यकर्ता भेला,आफ्नो पक्षका कार्यकर्ता लाई प्रशिक्षण

  • सोमवार, मंसिर १९, २०७९
बझाङमा अगुवा कार्यकर्ता भेला,आफ्नो पक्षका कार्यकर्ता लाई प्रशिक्षण

अर्थ जङ्ग शाही/ बझाङ– नेकपा एमाले निकट विध्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विध्यार्थी युनियन (अनेरास्ववियु)को अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

आज सदरमुकाम चैनपुर पानकोटमा रहेको एमाले पार्टी कार्यालयमा अनेरास्ववियुकी केन्द्रिय कमिटी अध्यक्ष सुनिता बरालको प्रमुख आथित्यतामा उक्त कार्यक्रम गरिएको अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष दिल बहादुर खातीले बताउनुभयो ।

अनेरास्ववियु जिल्ला कमिटी बझाङले आयाेजना गरेकाे उक्त प्रशिक्षण भेलामा वडा, पालिका र क्याम्पस कमिटीमा आवद्व विध्यार्थीहरुलाई प्रशिक्षण दिइएको हो।

भेलामा भर्खरै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको समेत समिक्षा एवं अनेरास्ववियुले खेलेको भुमिकाको विषयमा समेत छलफल गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार