सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • पाकिस्तानको ऋण र दायित्व एकै त्रैमासिकमा १२२ खर्ब रुपैयाँले बढ्यो

पाकिस्तानको ऋण र दायित्व एकै त्रैमासिकमा १२२ खर्ब रुपैयाँले बढ्यो

  • सोमवार, मंसिर १९, २०७९
पाकिस्तानको ऋण र दायित्व एकै त्रैमासिकमा १२२ खर्ब रुपैयाँले बढ्यो

 पाकिस्तानको कूल ऋण एवम् वित्तीय दायित्व १२२ खर्ब पाकिस्तानी रुपैयाँले बढेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा पाकिस्तानको ऋण एवम् वित्तीय दायित्व २३ दशमलव ७ प्रतिशतले बढेको हो ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले प्रदान गरेको ऋण र पाकिस्तानी रुपैयाँको गिर्दो मूल्यका कारण ऋण बढ्न पुगेको द न्युज इन्टरनेशनलले जनाएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार आर्थिक वर्ष २०२२/२३ को पहिलो त्रैमासिक अर्थात जुलाईदेखि सेप्टेम्बरसम्म पाकिस्तानको कूल ऋण एवम् वित्तीय दायित्व ६२४ खर्ब ६० अर्ब पाकिस्तानी रुपैयाँभन्दा धेरै छ । अघिल्लो वर्षको यही अवधिमा मुलुकको कूल ऋण ५०४ खर्ब पाकिस्तानी रुपैयाँ रहेको थियो ।

समाचारमा जनाइएअनुसार यस अवधिमा पाकिस्तानको ऋण २४ दशमलब ७ प्रतिशतले बढेर ५९३ खर्ब पुगेको छ भने वित्तीय दायित्व २३ प्रतिशतले बढेर ३५ खर्ब ६० अर्बभन्दा धेरै पुगेको छ ।

चर्चामा

सम्बन्धित समाचार