शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • विपन्न तथा हिंशा पिडित महिलालाइ सहयोग

विपन्न तथा हिंशा पिडित महिलालाइ सहयोग

  • आइतवार, मंसिर १८, २०७९
विपन्न तथा हिंशा पिडित महिलालाइ सहयोग

बाजुरा–बुढिगंगा नगरपालिका ९ बस्ने दिला नेपालीको परिवारलाई लुगाकपडा तथा आर्थिक सहयोग गरिएको छ । श्रीमानको मृत्युपछि बिच्चलीमा रहेको दिलाको तिन जना परिवारलाइ न्यानो लुगा र नगद सहयोग गरिएको हो ।
शारिरिक रुपमा अशक्त रहेकि दिलाको परिवार बिच्चलीमा रहेको जानकारी पछि जिल्ला अस्पताल बाजुरामा रहेको एकद्धार संकट ब्यबस्थापन केन्द्र बाट सहयोग गरिएको हो । दिला र उनका दुइवटा नाबालक छोरालाइ न्यानो लुगाकपडा र नगद सहयोग गरिएको अस्पताल बाजुराकी स्टाफ नर्स निशा रोकायाले वताएकि छन् । घरमै पुगेर सहयोग गरेको रोकायाले वताईन् ।
दिलाका श्रिमान ७ महिना पहिला उपचार अभाबमा मृत्यु भएको थियो । चार जनाको परिवार पाल्दै आएका श्रीमानको मृत्यु भएपछि दिलाको परिवार साहाराबिहिन बनेको हो । दिला जस्तै जिल्ला अस्पताल बाजुरामा रहेको एकद्धार संकट ब्यबस्थापन केन्द्रले हिंशा पिडित महिला र बिपन्न २ सय ९५ जनालाइ सहयोग गरिरहेको अस्पताल बाजुराले जनाएको छ । उनिहरुको अबस्था हेरेर सहयोग गर्ने गरेको जनाइएको छ ।
अस्पतालमा स्थापना भएको एकद्धार संकट ब्यबस्थापन केन्द्रले पिडित परेका महिला सँगै लैङगिक हिंसामा परेकाहरुका ब्यक्तिलाइ सहयोग गर्दै आएको छ । लैङिगक हिंसा न्युनिकरण तथा सहजीकरण गर्ने उदेश्यका साथ एकद्धार संकट ब्यबस्थापन केन्द्र स्थापना भएको हो । जिल्लामा हुने लैङिगक हिंसाका प्रभाबितहरुको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवा दिनका लागि सो केन्द्रको भएको हो ।
जिल्ला अस्पताल बाजुरामा २०७५ साल देखी एकद्धार संकट ब्यबस्थापन केन्द्र स्थापना भएको हो । एकद्वार सङ्कट व्यवस्थापन केन्द्र तथा सुरक्षित आवास गृह सञ्चालनमा आएपछि बाजुरा जिल्लाका ९ वटै पालिकाहरुका लैंगिक हिंसा पीडित तथा प्रभावित व्यक्तिहरूलाइ ठुलो सहयोग भएको छ । स्वास्थ्य उपचार, चिकित्साजन्य परीक्षण तथा रिपोर्टिङ्ग, मानसिक तथा मनोसामाजिक परामर्श, सुरक्षा, आश्रय, कानूनी उपचार र पुनस्र्थापना सेवाहरू एकद्वारबाट निशुल्क गरिदै आएको जिल्ला अस्पताल बाजुराकी डा. जस्मिता बलमपाकीले वताईन् ।
एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा यौनजन्य दूव्र्यवहार, बलत्कारमा शारिरिक परिक्षणका तथा मनोसामाजिक समस्या भएका पारमर्श हुने गरेको स्टाफ नर्स निशा रोकायाले वताईन् । एकद्वार सङ्कट व्यवस्थापन केन्द्रले सेवा दिने समन्वय गर्ने, परामर्श सेवा, रिफर गर्ने गरेको रोकायाले वताईन् ।
लैङ्गिक हिंसाको एकीकृत र प्रभावकारी रूपमा सम्बोधन गर्न नेपाल सरकारबाट स्वीकृत लैङ्गिक हिंसाविरुद्धको राष्ट्रिय कार्ययोजना, २०१० र लैङ्गिक हिंसा अन्त्य तथा लैङ्गिक सशक्तीकरणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना, २०६९ मा उल्लेख गरिए बमोजिम केन्द्रको स्थापना गरिएको युएनएफपीए बाजुराका कार्यक्रम संयोजक आत्मराम न्यौपानेले बताए । लैङ्गिक हिंसालाई प्रभावकारी तथा कुशलतापूर्वक सम्बोधन गर्नका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मुख्य कार्यान्वयन निकायको रूपमा रहने गरी अस्पतालमा आधारित लैंगिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र स्थापना गरीएको न्यौपानेले बताए ।

चर्चामा

सम्बन्धित समाचार